सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कर्णालीका सांसदहरुविरुद्धको मुद्दामा भ्याकेटमा जाने निर्णय पार्टी एकता भंग गर्ने नियत : नेता नेपाल

कर्णालीका सांसदहरुविरुद्धको मुद्दामा भ्याकेटमा जाने निर्णय पार्टी एकता भंग गर्ने नियत : नेता नेपाल

नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले कर्णाली प्रदेशका संसद्हरुमाथि गरिएको कारबाही अदालतले उल्ट्याएपछि फेरि भ्याकेटमा जाने निर्णय पार्टी एकता भंग गर्ने नियत रहेको बताएका छन्।
 |  सोमबार, असार ७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असार ७, २०७८

काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले कर्णाली प्रदेशका संसद्हरुमाथि गरिएको कारबाही अदालतले उल्ट्याएपछि फेरि भ्याकेटमा जाने निर्णय पार्टी एकता भंग गर्ने नियत रहेको बताएका छन्।

नेता नेपालले सोमबार साँझ फेसबुकमा एक स्टाटस राख्दै पार्टीको यस्तो निर्णयले पार्टीलाई एकता भंग गर्ने दिशामा लैजान खोजिएको प्रष्ट हुने बताएका हुन्।

उनले भनेका छन्, ‘कर्णाली प्रदेशका संसद्हरुमाथि विधान विपरित गरिएको कारबाहीलाई अदालतले उल्ट्याएपछि फेरि भ्याकेटमा जाने निर्णयबाट पार्टीलाई एकता भंग गर्ने दिशामा लग्न खोजिएको प्रप्ट बुझ्न सकिन्छ।’ उनले स्थायी समितिका नेताहरुमाथि गरिएको कारबाही र उनीहरुसँगकै वार्ता पनि गर्ने दोहोरो चरित्रले पनि विभिन्न शंका उब्जाएकोसमेत उल्लेख गरेका छन्।

‘स्थायी समितिका नेतामाथि कथित कारबाही, फेरि उहाँहरुसँगै वार्ता पनि गर्ने दोहोरो चरित्रले विभिन्न शंका उब्जाएकै थियो।’ नेता नेपालले भनेका छन्, ‘जिम्मेवार भएर पार्टी एकता बचाउन अधिकतम लचक भएर प्रस्तुत हुँदा त्यसलाई कमजोरीका रुपमा लिएको जस्तो देखियो।’ नेपालले सत्ता जोगाउन संविधानका विरोधी र दक्षिणपंथी तत्वसँग आत्मसमर्पण गर्ने, एकताविरोधी हर्कतलाई जारी राख्ने कुराले एकताबद्ध पार्टी बनाउने प्रयासविरुद्ध को कुन रूपमा लागेको छ, त्यो सहजै देख्न सकिनेसमेत उल्लेख गरेका छन्।

साथै उनले असल नियतका साथ गरिएका अनौपचारिक वार्ता र संवादलाई रणनीतिका रुपमा प्रयोग गर्नेहरु र एकता विरोधी तत्वहरूसँग सावधान हुन सबैको ध्यानाकर्षणसमेत गराएका छन्।

‘असल नियतका साथ गरिएका अनौपचारिक वार्ता र संवादलाई रणनीतिका रुपमा प्रयोग गर्नेहरु र एकता विरोधी तत्वहरूसँग सावधान हुन सबैको ध्यानाकर्षण गर्न चाहन्छु।’ नेता नेपालले भनेका छन्।

प्रकाशित: Jun 21, 2021| 14:16 सोमबार, असार ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।