सोमबार, भदौ ८, २०८३

१५ जना एसएसपीको सरुवा

गृह मन्त्रालयले नेपाल प्रहरीका १५ जना एसएसपीको सरुवा गरेको छ। मन्त्रीस्तरीय निर्णयबाट उनीहरुको सोमबार सरुवा गरिएको हो।
 |  सोमबार, असार ७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असार ७, २०७८

काठमाडौं- गृह मन्त्रालयले नेपाल प्रहरीका १५ जना एसएसपीको सरुवा गरेको छ। मन्त्रीस्तरीय निर्णयबाट उनीहरुको सोमबार सरुवा गरिएको हो।

एसएसपी मीरा चौधरीको प्रदेश प्रहरी तालिम केन्द्र विराटनगर, श्यामलाल ज्ञवालीको नेपाल प्रहरी प्रदेश कार्यालय बनेपा, उमाशंकर पन्जियारको नेपाल प्रहरी प्रदेश कार्यालय विरगञ्ज र जनकराज पाण्डेयको नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरमा सरुवा गरिएको छ।

यस्तै गोविन्दकुमार साहको नेपाल प्रहरी प्रदेश कार्यालय धरान, कृष्णहरि शर्मा पोखरेलको नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा, हृदय थापाको प्रहरी प्रधान कार्यालय अन्वेशषण योजना तथा विकास निर्देशनालय, टेकबहादुर तामाङको अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा नलप्रसाद उपाध्यायको राजमार्ग सुरक्षा तथा टाफिक महाशाखामा सरुवा भएको छ।

मन्त्रालयका अनुसार राजेन्द्र प्रसाद चौधरीको १ नम्बर प्रदेश प्रहरी कार्याल अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखा, उमेशराज जोशीको प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग, दिपक थापाको २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर धनुषा शान्ति सुरक्षा महाशाखा, चन्द्रकुबेर खापुङको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, बिक्रमबहादुर चन्दको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दीपायल र नरबहादुर खत्री गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा सरुवा गरिएको छ।

 

प्रकाशित: Jun 21, 2021| 13:46 सोमबार, असार ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।