सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आँपको प्रलोभनमा पारेर बालिकाको बलात्कारपछि हत्या गर्ने युवक पक्राउ

आँपको प्रलोभनमा पारेर बालिकाको बलात्कारपछि हत्या गर्ने युवक पक्राउ

सप्तरीमा आँपको प्रलोभन देखाएर बालिकाको करणी गरेर हत्या गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
 |  सोमबार, असार ७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असार ७, २०७८

जनकपुरधाम- सप्तरीमा आँपको प्रलोभन देखाएर बालिकाको करणी गरेर हत्या गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा डाक्नेश्वरी नगरपालिका वडा नम्बर ३ हटैलका १९ वर्षीय रोहित कुमार यादव रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए। 

यादवलाई आइतबार नेपालबाट भारततर्फ जाँदै गरेको अवस्थामा भारतीय सीमा नजिकबाट उनलाई पक्राउ गरिएको प्रवक्ता काफ्लेले बताए। 

गत शुक्रबार बिहान सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर ३ हटैलस्थित शिवनाथ यादवको आँप बगैँचामा ९ वर्षीया बालिकाको घाँटी रेटी हत्या गरिएको अवस्थामा शव फेला परेको थियो। 

शव फेला परेपछि जिल्ला प्रहरी कार्यालय सप्तरी, २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र संघीय प्रहरी ईकाइ कार्यालय जनकपुरबाट खटिएको प्रहरीको संयुक्त टोलीले घटनामा संलग्न यादवलाई पक्राउ गर्न सफल भएको हो। 

अनुसन्धानको क्रममा बालिकालाई आपँको प्रलोभन दिई जबरजस्ती करणी गरी हत्या गरेको विषय खुलेको प्रवक्ता काफ्लेले बताए। शुक्रबार बिहान साढे ७ बजे आफ्नी बहिनीसँगै ती बालिका घर छेउमै बाख्रा चराउन गएकी थिइन्। बाटोमा आँपको बगैँचानजिक पुगेपछि बालिकाले २ वटा आँप बहिनीलाई दिएर खेततर्फ पठाएको र आफू थप आँप लिएर आउने भनेर त्यहीँ रोकिएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

नजिकैको शिवनाथ यादवको आँप बगैँचामा गई आँप टिपिरहेको अबस्थामा रोहितले बगैँचामा कोही नभएको मौका छोपी बालिकालाई आँप दिने प्रलोभनमा करणी गरेका थिए। तर बालिकाले सो कुरा आमालाई बताइदिने भनेपछि बालिकाको साथमा रहेको हँसियाले घाँटी रेटी हत्या गरेको अनुसन्धानको क्रममा खुलेको सप्तरी प्रहरीले जनाएको छ।

प्रकाशित: Jun 21, 2021| 13:33 सोमबार, असार ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।