काठमाडौं- गृह मन्त्रालयले १६ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) को सरुवा गरेको छ। सोमबार उनीहरुको सरुवा गरिएको हो।
प्रदेश नम्बर २ को जिम्मेवारीमा रहेका डीआईजी धीरजप्रताप सिंहलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को जिम्मेवारी दिइएको छ। ब्युरोमा कार्यरत सहकुल बहादुर थापाको प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय निर्देशनालयमा सरूवा भएको छ।
प्रदेश १ मा अरुणकुमार बिसी, प्रदेश २ मा उमेश रञ्जितकार, बागमतीमा प्रकाशजंग कार्की तथा गण्डकीमा दिवेश लोहनीको सुरुवा भएको छ ।
त्यस्तै मुकुन्दराज आचार्यको लुम्बिनी प्रदेश, गणेशबहादुर ऐरको कर्णाली प्रदेश, पुरुषत्तोम कँडेलको सुदूरपश्चिम प्रदेश, वसन्तकुमार पन्तको अख्तियार, ईश्वरबाबाबु कार्कीको प्रधान कार्यालय योजना तथा अन्वेषण, उत्तमराज सुवेदीको महानगरीय प्रहरी कार्यालय रानी पोखरीमा सरूवा भएको छ।
घनश्याम अर्यालको प्रहरी प्रधान कार्यालय विशेष ब्युरोमा, रविन्द्र धानुकको कार्य एवम् अपराध अनुसन्धान विभाग, बसन्तकुमार लामाको प्रहरी महानिरीक्षको सचिवालय, प्रकाश अधिकारीको मानव श्रोत एवं प्रशासन विभागमा सरुवा गरिएको छ।