सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • लुम्बिनीका ४ जसपा सांसदको मुद्दाको पूर्ण सुनुवाइ असार २१ गते

लुम्बिनीका ४ जसपा सांसदको मुद्दाको पूर्ण सुनुवाइ असार २१ गते

लुम्बिनी प्रदेशका जनता समाजवादी पार्टी (जसपा) नेपालका चार जना सांसदहरुको मुद्दाको पूर्ण सुनुवाइ असार २१ गते हुने भएको छ।
 |  सोमबार, असार ७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असार ७, २०७८

काठमाडौं- लुम्बिनी प्रदेशका जनता समाजवादी पार्टी (जसपा) नेपालका चार जना सांसदहरुको मुद्दाको पूर्ण सुनुवाइ असार २१ गते हुने भएको छ।

न्यायाधीशद्वय दीपककुमार कार्की र हरिप्रसाद फुँयालको संयुक्त इजलासले असार २१ गते पूर्ण सुनुवाइका लागि पेशी तोक्न आदेश गरेको हो।

प्रदेश निर्वाचन आयोग लुम्बिनीको लिखित जवाफ म्यादभित्र पेश नभएको र अन्यको लिखित जवाफ पेश भइसकेको भन्दै इजलासले पूर्ण सुनुवाइको मिति तोकेको हो।

पूर्ण सुनुवाइबाटै चारै जना सांसदहरुको पद रहने कि नरहने भन्ने तय हुनेछ। जसपाको उपेन्द्र यादव पक्षले कारबाही गरेपछि चारै जनाले सर्वोच्चमा रिट दायर गरेका थिए। अदालतले अन्तरिम आदेश दिएपछि उनीहरुको पुनर्वहाली भएको थियो।
चारै जना अहिले लुम्बिनी प्रदेश सरकारमा मन्त्री रहेका छन्।

प्रकाशित: Jun 21, 2021| 12:25 सोमबार, असार ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।