सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • माओवादीले एमाले प्रवेश गरेका जनप्रतिनिधिलाई पदमुक्त गर्न निर्वाचन आयोगमा फेरि सिफारिस गर्ने

माओवादीले एमाले प्रवेश गरेका जनप्रतिनिधिलाई पदमुक्त गर्न निर्वाचन आयोगमा फेरि सिफारिस गर्ने

नेकपा माओवादी केन्द्रले पार्टी छाडेर एमालेमा गएका स्थानीय जनप्रतिनिधिहरुको पदमुक्त गर्नका लागि पुनः निर्वाचन आयोगलाई सिफारिस गर्ने भएको छ।  
 |  सोमबार, असार ७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असार ७, २०७८

काठमाडौं- नेकपा माओवादी केन्द्रले पार्टी छाडेर एमालेमा गएका स्थानीय जनप्रतिनिधिहरुको पदमुक्त गर्नका लागि पुनः निर्वाचन आयोगलाई सिफारिस गर्ने भएको छ।  

सोमबार बसेको माओवादी केन्द्रको आकस्मिक केन्द्रीय समिति बैठकले वडाध्यक्षदेखि मेयर उपमेयरसम्मलाई कारबाही गरेर हटाउने निर्णय गरेको हो। आयोगमा यसअघि नै माओवादीले स्थायी समितिको निर्णयसहित पत्राचार गरेको थियो। तर हालसम्म पद रिक्त नभएकाले कानूनी प्रक्रिया पूरा गर्न केन्द्रीय समितिको बैठक बसेको हो। 

निर्वाचन आयोगले स्थानीय तहका जनप्रतिनिधिहरुको पद रिक्त गर्न केन्द्रीय समिति बैठकको निर्णय आवश्यक पर्ने जवाफ दिएको थियो।

आयोगको मागबमोजिम माओवादीले पुनः आयोगमा केन्द्रीय कमिटीको निर्णय पेश गर्ने भएको छ। नेकपा विभाजनपछि एमालेमा लागेका संघीय संसद र प्रदेशसभाका सदस्यहरूको पद रिक्त भए पनि स्थानीय तहका जनप्रतिनिधिहरूको पद रिक्त भएको छैन।

प्रकाशित: Jun 21, 2021| 12:06 सोमबार, असार ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।