सोमबार, भदौ ८, २०८३

मोरङमा असार १४ सम्मलाई निषेध आदेश लम्बियो

जिल्ला प्रशासन कार्यालय मोरङले निषेध आदेश असार १४ सम्मका लागि थप गरेको छ।
 |  सोमबार, असार ७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असार ७, २०७८

विराटनगर- जिल्ला प्रशासन कार्यालय मोरङले निषेध आदेश असार १४ सम्मका लागि थप गरेको छ। एक साताका लागि जिल्लाभर निषेध आदेश थप गरिएको प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले जानकारी दिए। 

यसअघि जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को बैठकले असार ७ गते राति १२ बजेसम्म निषेध आदेश लम्ब्याउने निर्णय गरेको थियो। निषेध आदेशको समयसीमा आज राति १२ बजे सकिने भएकोले प्रमुख जिल्ला अधिकारी निरौलाले सोमबार आठौंपटक निषेधाज्ञा एक साता लम्ब्याउने निर्णय गरेका हुन्।

असार १ गतेबाट शैक्षिकशत्र सुरु भएकाले भौतिक दूरी कायम गरी पुस्तक पसल बिहान १२ बजेसम्म खोल्न पाउने निर्णय गरिएको प्रजिअ निरौलाले बताए। 

मोरङ प्रशासनले सरकारले हालै जारी गरेको कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८ बमोजिम प्रशासनले निषेध आदेश थप कडाइ गर्ने जनाएको छ। कोभिड–१९ महामारीको दोस्रो लहर सुरु भएपछि मोरङ प्रशासनले पहिलोपटक वैशाख १८ गते राति १२ बजेदेखि निषेधाज्ञा लगाएको थियो।

प्रकाशित: Jun 21, 2021| 11:46 सोमबार, असार ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।