काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा २ हजार २९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा १० हजार ९०४ जनाको कोरोना परीक्षण गरिएकोमा २ हजार २९७ जनाको नतिजा पोजेटिभ आएको हो।
जसमध्ये ६ हजार ५८३ जनाको पीसीआर र ४ हजार ३२१ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो।
यो अवधिमा ३ हजार १३० जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यस्तै यो अवधिमा देशभर कोरोना संक्रमणबाट ४६ जनाको मृत्यु भएको छ। नेपालमा हालसम्म कोरोना संक्रणबाट ८ हजार ७७२ जनाले ज्यान गुमाइसकेका छन्।
कोरोना संक्रमण पुष्टि भएकामध्ये ५ लाख ५९ हजार ९२८ जना निको भएका छन्। मन्त्रालयका अनुसार निको हुनेको संख्या ८९.९ प्रतिशत छ।