सोमबार, भदौ ८, २०८३

'चलखेल सूची' आएपछि ४ दिनमै १८८ अंक घट्यो नेप्से

नेपाल धितोपत्र बोर्डले चलखेल सूची सार्वजनिक गरेपछि पुँजीबजार सूचक १८८ अंकले घटेको छ। असार १ गते बोर्डले ५१ कम्पनीको सेयर कारोबारमा चलखेल भएकाले ती कम्पनीमा लगानी गर्नु जोखिमपूर्ण हुने सूचना जारी गरेपछि नेप्सेले ओरालो यात्रा तय गरेको हो। 
 |  सोमबार, असार ७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असार ७, २०७८

काठमाडौं- नेपाल धितोपत्र बोर्डले चलखेल सूची सार्वजनिक गरेपछि ४ दिनमा नै पुँजीबजार सूचक नेप्से १८८ अंकले घटेको छ। असार १ गते बोर्डले ५१ कम्पनीको सेयर कारोबारमा चलखेल भएकाले ती कम्पनीमा लगानी गर्नु जोखिमपूर्ण हुने सूचना जारी गरेपछि नेप्सेले ओरालो यात्रा तय गरेको हो। 

असार १ गते नेप्से ३०२२ बिन्दुमा थियो। त्यसको भोलिपल्टबाट निरन्तर ओरालो लागेको नेप्से सोमबार २८३४ मा आइपुगेको हो। 

असार २ गते नेप्से ५३ अंकले घटेको थियो। असार ३ गते भने १ अंकले मात्र घटेको नेप्से असार ६ गते ६३ अंकले घटेको थियो भने सोमबार ७१ अंकले घटेको हो। 

चलखेल सूचीले नेप्से सूचकसँगै कारोबार रकममा पनि असर गरेको छ। सोमबार ७१ अंकले बजार ओरालो लागेको बजारमा ११ अर्ब ५१ करोडको सेयर किनबेच भएको छ। चलखेल सूची सार्वजनिक भएको दिन असार १ गते १६ अर्ब ४० करोडको सेयर किनबेच भएको थियो। 

यता चलखेल सूची सार्वजनिक गर्न बोर्डका अध्यक्ष भीष्म ढुंगानाले घुस लिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा दायर भएको छ। 

प्रकाशित: Jun 21, 2021| 11:31 सोमबार, असार ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।