सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ज्वाला सङ्ग्रौलासहित तीन जनालाई तीन दिन हिरासतमा राख्न अनुमति

ज्वाला सङ्ग्रौलासहित तीन जनालाई तीन दिन हिरासतमा राख्न अनुमति

अभद्र व्यवहारको आरोपमा पक्राउ परेकी ज्वाला सङ्ग्रौलासहित तीन जनालाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले म्याद थप गरिदिएको छ।
 |  सोमबार, असार ७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असार ७, २०७८

काठमाडौं- अभद्र व्यवहारको आरोपमा पक्राउ परेकी ज्वाला सङ्ग्रौलासहित तीन जनालाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले म्याद थप गरिदिएको छ।

आफूलाई सामाजिक अभियन्ता दाबी गर्ने ज्वाला सङ्ग्रौला, हिमाल उपाध्याय र शर्मिला वाइबालाई प्रहरीले आइतबार काठमाडौंबाट पक्राउ गरेको थियो।

खुश्बु घिमिरेलाई अभद्र व्यवहार गरेको आरोपमा उनीहरु पक्राउ परेका थिए। सोमबार जिल्ला अदालत काठमाडौंमा लगेर प्रहरीले अनुसन्धानका लागि म्याद थप गराएको हो।

केही समयअघि सङ्ग्रौलाले प्रहरीमाथि नै रङ्गभेदी अभिव्यक्ति दिएकी थिइन्। उनीहरुविरुद्ध मधेसी आयोगमा गत बुधवार उजुरी परेको थियो।

प्रकाशित: Jun 21, 2021| 11:15 सोमबार, असार ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।