सोमबार, भदौ ८, २०८३

कोरोना संक्रमितले गरे आत्महत्या

कोरोना संक्रमित भएको पुष्टि भएपछि अदालतले उनलाई होम आइसोलेसनमा राख्न आदेश दिएपछि जेठ ८ गते परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ। 
 |  सोमबार, असार ७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असार ७, २०७८

विराटनगर– विराटनगरमा कोरोना संक्रमित एक जनाले आत्महत्या गरेका छन्। विराटनगर महानगरपालिका–१३ का २८ वर्षीय वीरनारायण यादवले आफ्नै घरको पंखामा झुन्डिएर आत्महत्या गरेका हुन्। 

लागुऔषध ओसारपसारको आरोपमा वैशाख २७ गते पक्राउ परेका उनमा प्रहरी हिरासतमा नै भएको अवस्थामा कोरोना संक्रमण भएको पुष्टि भएको थियो। कोरोना संक्रमित भएको पुष्टि भएपछि अदालतले उनलाई होम आइसोलेसनमा राख्न आदेश दिएपछि जेठ ८ गते परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ। 

परिवारको जिम्मामा लगाइएका लागुऔषध मुद्दाका अभियुक्तले घरमै झुण्डिएर आत्महत्या गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए। उनका अनुसार घरको कोठाभित्र रहेको पंखामा डोरीको पासो लगाएर झुन्डिएको अवस्थामा देखेपछि परिवारका सदस्यले डोरी काटेर यादवलाई उपचारका लागि कोशी अस्पताल ल्याएका थिए। अस्पताल ल्याउनसाथ उनलाई चिकित्सकले मृत घोषित गरेका थिए।

प्रकाशित: Jun 21, 2021| 10:35 सोमबार, असार ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।