काठमाडौं– सिन्धुपाल्चोकको मेलम्चीमा एक युवकको करेन्ट लागेर निधन भएको छ। स्थानीय २७ वर्षीय धर्मराज दुलालको करेन्ट लागेर मृत्यु भएको हो। बिजुलीको खम्बा र तार सडकछेउ लत्रिएर करेन्ट प्रवाह हुँदा दुलालको मृत्यु भएको थियो।
नेपाल विद्युत प्राधिकरणको चरम लापरबाहीका कारण दुलालको निधन भएको भन्दै स्थानीयले विरोध गरेका छन्। उनीहरुले शव सडकमा तेर्साएर विरोध गरिरहेका हुन्। विरोधमा उत्रिएका एक युवकले भने, ‘प्राधिकरणको लापरबाहीले अझै पनि कति धर्म दुलालहरुले अनाहकमा ज्यान गुमाउनु पर्ने हो?’