सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोना : नेपालमा ९ जनामा भेटियो डेल्टा भेरियन्टको नयाँ म्युटेसन

कोरोना : नेपालमा ९ जनामा भेटियो डेल्टा भेरियन्टको नयाँ म्युटेसन

भारतको नयाँ दिल्लीमा अनुवांशिक (जिन सिक्यन्सिङ) गर्दा डेल्टा भेरियन्टको नयाँ रुप ९ वटा नमूनामा फेला परेको जनाएको छ। 
 |  सोमबार, असार ७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असार ७, २०७८

काठमाडौं- नेपालमा कोरोना भाइरसको डेल्टा भेरियन्टको नयाँ म्युटेसन फेला परेको छ। डेल्टा भेरियन्टको परिवर्तित रुप नेपालमा फेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। 

भारतको नयाँ दिल्लीमा अनुवांशिक (जिन सिक्यन्सिङ) गर्दा डेल्टा भेरियन्टको नयाँ रुप ९ वटा नमूनामा फेला परेको जनाएको छ। 

मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले नमूना परीक्षणमा अणुवांशिक पहिचान गर्दा ४७ डेल्टा भेरियन्ट पुष्टि भएकामध्ये नौ वटामा थप उत्परिवर्तन रुप 'के४१७एन' म्युटेसन देखिएको जानकारी दिए।  यसलाई 'एवाई.१' नाम दिइएको छ। 

उनका अनुसार यो नेपालसहित विभिन्न १० देशमा देखिएको छ। मन्त्रालयले गत वैशाख २६ देखि जेठ २० गतेसम्म देशका विभिन्न स्थानका विभिन्न उमेर समूहका व्यक्तिबाट पिसीआर नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले छनोट गरी परीक्षणका लागि भारत पठाएको थियो। 

नेपालमा यसअघि नै अल्फा (बी.१.१.७) र डेल्टा (बी.१.६१७.२)  तथा कप्पा  (बी.१.६१७.१) भेरियन्ट पुष्टि भइसकेको छ। डेल्टाको उत्परिवर्तन भेरियन्ट बढी सङ्क्रामक तथा सबै उमेर समूहका व्यक्तिमा असर गर्ने मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेलले जानकारी दिए।

यसअघि पनि नेपालमा देखिएको यो डेल्टा भेरियन्टको नयाँ रुप मात्र रहेको उनको भनाइ छ। 'यो नयाँ देखिएको भेटियन्ट होइन,' उनले भने, 'यसअघि पनि देखिएको छ, तर यो अन्यभन्दा बढी सङ्क्रामक रहेको छ।'

मन्त्रालयले डेल्टा भेरियन्टको नयाँ रुपको सङ्क्रमण रोक्नका लागि सबै सचेत र जिम्मेवार बनी जनस्वास्थ्यका मापदण्ड पालना गर्नका लागि अपिल गरेको छ। 

प्रकाशित: Jun 21, 2021| 09:28 सोमबार, असार ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।