काठमाडौं– सुनसरीको कोशी गाउँपालिका–१ बस्ने विक्रम साहको आफ्नै घरमा राखेको बा ९० प ७७९३ नम्बरको मोटरसाइकल चोरी गरी लैजाँदै गरेको अवस्थामा सोही ठाउँ बस्ने ओमप्रकाश यादवलाई सोही गाउँपालिका–८ भण्टाबारीबाट निबार प्रहरीले पक्राउ गरेको छ।
यसैगरी सुनसरी ईनरुवा नगरपालिका–९ बविया बस्ने रामरुप खत्वेको घरबाट भैंसी र पाडा चोरी गरी लैजाँदै गरेको अवस्थामा भोक्राहा नरसिंह गाउँपालिका–५ टपरा बस्ने २२ वर्षीय जियाउदिन मन्सुसरीलाई सोही गाउँपालिका–६ सुकसेना नहरछेउबाट शनिबार प्रहरीले पक्राउ गरेको छ।
मोटरसाइकल तथा भैंसी चोरी भएको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सुनसरीबाट छुट्टाछुट्टै खटिएको प्रहरीले दुवै जनालाई पक्राउ गरी गरेको हो। उनीहरु उपर जिल्ला अदालत सुनसरीबाट ७ दिन म्याद थप भई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।