सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • निधि, सिंह र कोइरालाले एकअर्कालाई भने, ‘सभापतिमा मलाई सहयोग गर्नुस्’

निधि, सिंह र कोइरालाले एकअर्कालाई भने, ‘सभापतिमा मलाई सहयोग गर्नुस्’

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहले एकअर्कासँग सहयोग मागेका छन्।  
 |  सोमबार, असार ७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असार ७, २०७८

काठमाडौं- नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहले एकअर्कासँग सहयोग मागेका छन्।  

तीनै नेता कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिका आकांक्षी हुन्। सोमबार निधि निवासमा भएको भेटमा उनीहरुले एकअर्कासँग सहयोग मागेका हुन्।

उपसभापति निधीको निजी निवास नयाँ बानेश्वरमा भएको सो भेटवार्ता पुष्टि गर्दै नेता निधीका प्रेस संयोजक रामजी दाहालले भने, ‘नेताहरुबीच दुई घण्टा लामो छलफल भयो, छलफलमा दलभित्र र बाहिरका विषयमा पनि छलफल भएको छ।’

दलभित्र फरक गुटका तर दोस्रो तहका प्रभावशाली तीन नेताहरुबीच कांग्रेसलाई आगामी महाधिवेशन र आम निर्वाचनमा कसरी बलियो र एकातबद्ध बनाएर लैजान सकिन्छ भन्ने विषयमा विमर्श भएको बताइएको छ। साथै, वर्तमान सरकारप्रति देखिएको अविश्वास र अलोकप्रियताका बीच कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा गरेको दाबेदारीका विषयमा पनि नेताहरुले छलफल गरेका थिए। ‘सभापति देउवाको प्रधानमन्त्रीमा भइरहेको दाबेदारीका विषयमा दलका अरु नेताहरुसँग पनि थप छलफलको योजना बनेको छ’, प्रेस संयोजनक दाहालले जानकारी दिए, ‘छलफलमा बाढि पहिरोको संकटका विषयमा पनि सरकारको ध्यानाकर्षण गराउने कुरा भएको छ।’ 
उपसभापति निधिले आफ्नो वैवाहिक वार्षिकोत्सव (एनिभर्सरी) को मौका पारेर महामन्त्री कोइराला र  नेता सिंहलाई निम्तो दिएर यो भेटवार्ता तय गरिएको बताइएको छ।

नेता निधिले शनिबार देउवालाई भेटेरै सभापतिमा लड्ने बताइसकेका छन्। उनले सभापतिमा आफूलाई सहयोग गर्न देउवासँग आग्रहसमेत गरेका थिए।  

महामन्त्री कोइरालाले देउवालाई टक्कर दिनसक्ने व्यक्ति आफू मात्रै भएकाले सभापतिमा लड्ने उद्घोष यसअघि नै गरिसकेका छन्। पूर्वमहामन्त्री सिंहले समेत सभापतिमा लड्न तयारी अघि बढाएका छन्। यस्तो अवस्थामा सभापतिका आकांक्षी तीन नेताबीच भएको भेटघाटलाई अर्थपूर्णरुपमा हेरिएको छ।  

 

प्रकाशित: Jun 21, 2021| 08:38 सोमबार, असार ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।