सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दल छोडेकालाई निष्कासन गर्ने माओवादी केन्द्रको निर्णय

दल छोडेकालाई निष्कासन गर्ने माओवादी केन्द्रको निर्णय

नेकपा माओवादी केन्द्रले पार्टी छाडेकालाई केन्द्रीय कमिटीको बैठकमार्फत साधारण सदस्यबाटै हटाउने निर्णय गरेको छ।
 |  सोमबार, असार ७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असार ७, २०७८

काठमाडौं- नेकपा माओवादी केन्द्रले पार्टी छाडेकालाई केन्द्रीय कमिटीको बैठकमार्फत साधारण सदस्यबाटै हटाउने निर्णय गरेको छ। माओवादीले दल छाडेका स्थानीय तहका जनप्रतिनिधि र केन्द्रीय सदस्यहरूलाई पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको हो।

सोमबार भर्चुअल बैठक गर्दै माओवादी केन्द्रीय समितिको आकस्मिक बैठकले पार्टी अनुशासन उल्लंघन गर्नेहरूलाई निष्काशन गर्ने निर्णय गरेको स्थायी कमिटी सदस्य गणेश लामाले बताए।

उनले निष्कासन गरिएकाहरूको अभिलेखिकरण सच्याउन निर्वाचन आयोगमा पत्र पठाउने निर्णयसमेत भएको उनले बताए।

पार्टी त्यागेका स्थानीय तहका जनप्रतिनिधि र केन्द्रीय सदस्यहरुलाई पार्टीबाट निष्कासन गर्ने निर्णयलाई औपचारिकता दिइएको उनले बताए। कारबाहीमा स्थानीय तहदेखि केन्द्रसम्मका नेताहरू परेका छन्।

प्रकाशित: Jun 21, 2021| 06:29 सोमबार, असार ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।