सोमबार, भदौ ८, २०८३

आज यी नदीमा पानीको बहाव बढ्ने अनुमान

देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसमी न्यून चापिए रेखा पनि देशको दक्षिणी भूभाग नजिक छ। जसले गर्दा देशभर सामान्यदेखि पूर्णतया बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
 |  सोमबार, असार ७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असार ७, २०७८

देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसमी न्यून चापिए रेखा पनि देशको दक्षिणी भूभाग नजिक छ। जसले गर्दा देशभर सामान्यदेखि पूर्णतया बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

सोमबार दिनभर देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २ र लुम्बिनि प्रदेशका थोरै स्थानमा मेघ गर्जन चट्याङ्सहित भारी वर्षाको साथै प्रदेश १ का एक/दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

देशभर वर्षाको सम्भावना रहेकाले केही नदीमा पानीको बहाव बढ्न सक्ने बाढी पूर्वानुमान महाशाखाले ज नाएको हो छ। महाशाखाका अनुसार सोमबार देशका प्रमुख तथा मझौला नदीमा पानीको बहाव पढ्न सक्ने छ।

कनकाई, कमला, बागमती, नारायणी, पश्चिम राप्ती, बबई, कर्णाली, महाकालीलगायत नदीमा बहाव सामान्य घटबढ हुने तथा सवैमा बहाव सतर्कता भन्दा तलै हुने महाशाखाको पूर्वानुमान छ। तर, पनि पानीको बहाव बढ्ने भएकाले तटिए क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन महाशाखाको आग्रह छ।

प्रकाशित: Jun 21, 2021| 04:13 सोमबार, असार ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।