सोमबार, भदौ ८, २०८३

पहिरोको जोखिम बढेसँगै विस्थापित भए सात परिवार

खार्पुनाथ गाउँपालिका–३, कारंगा गाउँका सात घरपरिवार पहिरोको उच्च जोखिम बढेसँगै बसाइँ सरेका छन्।
 |  सोमबार, असार ७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असार ७, २०७८

हुम्ला- खार्पुनाथ गाउँपालिका–३, कारंगा गाउँका सात घरपरिवार पहिरोको उच्च जोखिम बढेसँगै बसाइँ सरेका छन्। कारंगामा बस्दै आएका २० घरधुरीमध्ये सात परिवार पहिरो खस्ने डरले आफन्तको घरमा बसाइँ सरेका हुन्।

गाउँमाथि रहेको माटो र ढुंगा खस्न थालेपछि एउटा घरको माथिल्लो तलामा क्षति पुगपछि बसाइँ सरेको हस्तबहादुर शाहीले गुनासो गरे। 

गाउँको माथिपट्टिको भीरमा ठूलो ढुंगा रहेको र त्यो खस्न थालेपछि सात घरधुरी उच्च जोखिममा परेपछि बसाइँ सरेका हुन्। 

भीरमा रहेको ठूलो ढुंगा आसपास क्षेत्रबाट ससाना ढुंगा खस्न सुरु भएको छ। वस्तीमाथिको जमिन भासिँदै गएपछि कारंगा गाउँ पहिरोको उच्च जोखिममा छ।

लगातारको वर्षाले वस्तीभन्दा करिब १०० मिटरमाथि जमिन भासिएको छ।

प्रकाशित: Jun 21, 2021| 04:11 सोमबार, असार ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।