सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • देउवाले आज तीन प्रदेशका आफू निकट केन्द्रीय सदस्यसँग छलफल गर्दै

देउवाले आज तीन प्रदेशका आफू निकट केन्द्रीय सदस्यसँग छलफल गर्दै

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले आज तीन प्रदेशका आफूनिकट केन्द्रीय सदस्यहरूसँग छलफल गर्दैछन्।
 |  सोमबार, असार ७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असार ७, २०७८

काठमाडौं- नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले आज तीन प्रदेशका आफूनिकट केन्द्रीय सदस्यहरूसँग छलफल गर्दैछन्। देउवाले लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका  केन्द्रीय सदस्यहरूसँग छलफल गर्न लागेका हुन्। छलफल बूढानीलकण्ठमा हुनेछ। 

भदौमा हुने पार्टीको १४औं महाधिवेशन तयारीका लागि देउवाले छलफलाई तीव्रता दिएका छन्। शनिबार उनले प्रदेश १ र २ का केन्द्रीय सदस्यहरूसँग छलफल गरेका थिए। त्यस्तै देउवाले आइतबार बागमती र गण्डकी प्रदेशका केन्द्रीय सदस्यहरूसँग छलफल गरे।  

देउवा पुनः सभापतिमा उठ्ने तयारी गरिरहेका छन्। कांग्रेसले भदौ १६–१९ गते काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको छ। यससँगै देउवाले आफ्नो सक्रियता बढाएका हुन्।

प्रकाशित: Jun 21, 2021| 03:19 सोमबार, असार ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।