काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव रहेको छ। त्यसका बाबजुद् पनि सोमबार बिहानै काठमाडौंमा घाम लागेको छ।
मौसम विद् समिर श्रेठका अनुसार काठमाडौं उपत्यकामा लागेको घाम केही छिनका लागि मात्रै हो। 'मौसमी न्यून चापिए रेखा नेपाल नजिकै छ। त्यसमा भएको बादल केही समयका लागि फाटेको हो। एकै छिनमा फेरि बादल लाग्न सुरु हुन्छ', उनले भने।
हाल देशको दक्षिणी भूभाग नजिक मनसुनी न्यून चापिय रेखा रहेको छ। श्रेष्ठका अनुसार हाल देशभर सामान्यदेखि पूर्णतया बदली रही देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
सोमबार दिनभर देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २ र लुम्बिनि प्रदेशका थोरै स्थानमा मेघ गर्जन चट्याङ्सहित भारी वर्षाका साथै प्रदेश १ का एक/दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको उनले बताए। मौसम सक्रिय नै रहने भएकाले उनले सबैलाई सावधानी अपनाउन आग्रह गरे।