सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आफूलाई 'सामाजिक अभियन्ता' दाबी गर्ने ज्वाला सङ्ग्रौलासहित तीन जना पक्राउ

आफूलाई 'सामाजिक अभियन्ता' दाबी गर्ने ज्वाला सङ्ग्रौलासहित तीन जना पक्राउ

खुश्बु घिमिरेलाई अभद्र व्यवहार गरेको आरोपमा संग्रौलासहित तीन जनलाई पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरले जानकारी दिएको छ। 
 |  आइतबार, असार ६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असार ६, २०७८

काठमाडौं- आफूलाई सामाजिक अभियन्ता दाबी गर्ने ज्वाला सङ्ग्रौलासहित तीन जना पक्राउ परेका छन्। आइतबार प्रहरीले उनीहरूलाई काठमाडौंबाट पक्राउ गरेको हो। पक्राउ पर्नेमा संग्रौलासहित उनकै समूहका हिमाल उपाध्याय र शर्मिला वाइबा पनि छन्। 

खुश्बु घिमिरेलाई अभद्र व्यवहार गरेको आरोपमा संग्रौलासहित तीन जनलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर टेकुका प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए। 

केही समयअघि संग्रौलाले प्रहरीमाथि नै रङ्गभेदी अभिव्यक्ति दिएकी थिइन्। उनीहरुविरुद्ध मधेसी आयोगमा गत बुधवार उजुरी परेको थियो।

प्रकाशित: Jun 20, 2021| 13:57 आइतबार, असार ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।