सोमबार, भदौ ८, २०८३

माओवादी अध्यक्ष दाहालसँग दीपक मनाङेको भेटघाट

गण्डकी प्रदेश सरकारका मन्त्री दीपक मनाङे (राजीव गुरुङ) ले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरेका छन्।
 |  आइतबार, असार ६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असार ६, २०७८

काठमाडौं- गण्डकी प्रदेश सरकारका मन्त्री दीपक मनाङे (राजीव गुरुङ) ले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरेका छन्।

आइतबार मनाङले दाहालको निवास खुमलटारमा गएर भेट गरेको सामाजिक सञ्जालमार्फत् जानकारी दिएका छन्। भेटमा गण्डकी प्रदेश सरकार, समसामयिक राजनीतिलगायका विषयमा कुराकानी भएको बताइएको छ।

गण्डकी प्रदेश सरकारमा विनाविभागीय मन्त्री रहेका मनाङेले प्रदेशको मन्त्रालय बाँडफाँटका विषयमा पनि दाहालसँग छलफल गरेका छन्।

गण्डकी प्रदेशमा कांग्रेसको नेतृत्वमा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसद दीपक मनाङेले गठबन्धन गरी सरकार गठन गरेका छन्।

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्रीहरुलाई जिम्मेवारी बाँडफाँट गरिसकेका छैनन् भने मन्त्रालयहरुमा मन्त्री नियुक्त गर्न पनि बाँकी छ।

मनाङेले सरकारमा आफूलाई महत्वपूर्ण जिम्मेवारी दिनका लागिसमेत यो भेटमा लविङ गरेको बताइएको छ। यसअघि उनले जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईसँग पनि भेट गरेका थिए।

प्रकाशित: Jun 20, 2021| 13:52 आइतबार, असार ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।