सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • डुबेर ज्यान गुमाएका ५ बालिकाको परिवारलाई गाउँपालिकाको नगद सहयाेग

डुबेर ज्यान गुमाएका ५ बालिकाको परिवारलाई गाउँपालिकाको नगद सहयाेग

धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकाले डुबेर ज्यान गुमाएका ५ बालिकाको परिवारलाई रकम हस्तान्तरण गरेको छ।
 |  आइतबार, असार ६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असार ६, २०७८

जनकपुरधाम- धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकाले डुबेर ज्यान गुमाएका ५ बालिकाको परिवारलाई रकम हस्तान्तरण गरेको छ।

मुखियापट्टी मुसहरनिया गाउँपालिका-६ स्थित एक पोखरीमा डुबेर मृत्यु भएका ५ बालिकाको परिवारलाई गाउँपालिका अध्यक्ष मनोजकुमार यादव र उपाध्यक्ष मिरा देवी महतोले रकम हस्तान्तरण गरेका हुन्। 

पाँचै बालिकाको परिवारलाई १ लाख ५१ हजारको चेक हस्तान्तरण गरिएको छ। सो चेक पीडित परिवारको घरमै पुगेर हस्तान्तरण गरिएको थियो। यसअघि प्रदेश सरकारले समेत पाँचै बालिकाको परिवारलाई १÷१ लाख रुपैयाँको राहत रकम उपलब्ध गराउने घोषणा गरेको थियो। 

केही दिनअघि मात्रै मुखियापट्टी मुसहरनियास्थित वडा नम्बर ६ मा रहेको हुलास यादवको खेतमा निर्माणधीन पोखरीमा डुबेर ५ बालिकाको मृत्यु भएको थियो। मृत्यु हुनेमा  १३ वर्षीया मञ्जु पूर्वे, १२ वर्षीया लक्ष्मीनिया यादव, १० वर्षीया चन्दाकुमारी भगत, १२ वर्षीया चान्दनी ठाकुर र १२ वर्षीया ललिता साह छन्।

प्रकाशित: Jun 20, 2021| 13:40 आइतबार, असार ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।