काठमाडौं- निर्वाचन आयोगले जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पक्षलाई १५ दिनभित्र लिखित जवाफ पेस गर्न पत्र पठाउने निर्णय गरेको छ।
आज बसेको आयोगको बैठकले १५ दिनभित्र लिखित जवाफ पेस गर्न पत्राचार गर्ने निर्णय गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए।
‘अर्को पक्षबाट पार्टीको आधिकारिकता दाबी पेश गरिएको छ। त्यस सम्बन्धमा दाबीको प्रतिलिपिसहित जवाफ पेस गर्न पत्र पठाउने निर्णय भएको हो’, उनले भने।
उपेन्द्र यादव पक्षले शुक्रबार बहुमत कार्यकारिणी समितिका सदस्यको हस्ताक्षरसहित पार्टीको आधिकारिकता दाबी गरेको थियो।