सोमबार, भदौ ८, २०८३

विपक्षी गठबन्धनका नेताहरू बूढानीलकण्ठमा 

विपक्षी गठबन्धनका नेताहरुको बैठक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसिरहेको छ। 
 |  आइतबार, असार ६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असार ६, २०७८

काठमाडौं– विपक्षी गठबन्धनका नेताहरुको बैठक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसिरहेको छ। 

सरकारविरुद्ध सर्वोच्च अदालतमा मुद्दा लडिरहेका उनीहरु पछिल्लो रणनीति बनाउन छलफल गरिरहेका हुन्। 

असार ९ देखि प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा निरन्तर सुनुवाइ सुरु हुन लागेका बेला उनीहरुको बैठक बसेको हो ।

छलफलमा कांग्रेसबाट सभापति देउवासहित रामचन्द्र पौडेल र पूर्णबहादुर खड्का सहभागी छन् भने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित नारायणकाजी श्रेष्ठ र देव गुरुङ सहभागी छन् ।

नेकपा एमालेको असन्तुष्ट पक्षका नेता माधवकुमार नेपाल र भीम रावल पनि बूढानीलकण्ठ पुगेका छन्। जसपाको एउटा समूहबाट अध्यक्ष उपेन्द्र यादव, डा. बाबुराम भट्टराई र राजेन्द्र श्रेष्ठ सहभागी छन्।

प्रकाशित: Jun 20, 2021| 12:42 आइतबार, असार ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।