सोमबार, भदौ ८, २०८३

थपियो निषेध आदेश, निजी सवारीमा जोरबिजोर प्रणाली

गएको वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकामा जारी निषेध आदेश १४ असारसम्मलाई थपिएको छ। 
 |  आइतबार, असार ६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असार ६, २०७८

काठमाडौं– गएको वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकामा जारी निषेध आदेश १४ असारसम्मलाई थपिएको छ। 

केही खुकुलो पार्दै निषेध आदेशको समय थपिएको हो। काठमाडौं उपत्यकाका तीनै जिल्लाका सीडीओको बैठकले ७ असारसम्मका लागि जारी निषेध आदेश केही खुकुलो बनाउँदै थप गर्ने निर्णय गरेको हो। 

भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईका अनुसार  १४ गतेसम्म निजी सवारीसाधन जोरिबिजोर नम्बरका आधारमा सञ्चालन गर्न दिने निर्णय भएको छ। अर्थात् जोर गते जोर नम्बरका र बिजोर गते बिजोर नम्बर प्लेटका सवारीसाधन चलाउन पाइनेछ।

पसल पनि बार तोकेर खोल्न दिने गरी निर्णय गरिएको भट्टराईले जानकारी दिए। आइतबार, मंगलबार र बिहीबार सुनचाँदी, भाँडा, विद्युतीय र घरायसी सामान बिक्री गर्ने पसल, अटोमोबाइलका पार्टपुर्जाका पसल खोल्न पाइनेछ।

सोमबार, बुधबार र शुक्रबार सपिङ मल, खेलकुद सामानका पसल, कपडा, जुत्ता, फेन्सी, कस्मेटिक, गिफ्ट र टेलरिङ खुल्नेछन् भने खाद्यान्न र तरकारी पसल हरेक दिन खोल्न पाइनेछ।

प्रकाशित: Jun 20, 2021| 11:59 आइतबार, असार ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।