सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विपक्षीले बहिष्कार गरेपछि लुम्बिनीमा बजेट छलफल सुरु हुन सकेन

विपक्षीले बहिष्कार गरेपछि लुम्बिनीमा बजेट छलफल सुरु हुन सकेन

लुम्बिनी प्रदेशसभा विपक्षी गठबन्धनले बहिष्कार गरेपछि स्थगित भएको छ। अल्पमतको सरकारले ल्याएको बजेट छलफलमा भाग नलिने भन्दै विपक्षी सांसदले बैठक बहिष्कार गरेका हुन्।
 |  आइतबार, असार ६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असार ६, २०७८

बुटवल– लुम्बिनी प्रदेशसभा विपक्षी गठबन्धनले बहिष्कार गरेपछि स्थगित भएको छ। अल्पमतको सरकारले ल्याएको बजेट छलफलमा भाग नलिने भन्दै विपक्षी सांसदले बैठक बहिष्कार गरेका हुन्। आइतबार दिउँसो १ बजेका लागि तय गरिएको प्रदेशसभा बैठक आधा घण्टा ढिला गरी सुरु भएको थियो। 

प्रदेशसभा बैठक सुरु भएलगत्तै विशेष समय लिएर बोलेका नेपाली कांग्रेसका संसदीय दलका नेता वीरेन्द्र कनौडियाले सरकारले बजेट ल्याउने हैसियत नभएको दाबी गरे। उनले बजेट नागरिकका लागि नभई कार्यकर्ता पोस्ने बजेट ल्याएको आरोप लगाउँदै यो बजेटको स्वामित्व लिन नसक्ने बताए। उनले सरकारले आफूलाई वैधानिकता पुष्टि नगरेसम्म बजेट ल्याउन नसक्ने बताए। 

‘बजेटको बारेमा त भन्दै गरौंला, सरकारले आफ्नो वैधानिकता प्रमाणित गरोस्,’ नेता कनौडियाले भने। उनले सरकारले वैधानिकता पुष्टि गरेपछि मात्रै बजेटसम्बन्धी छलफलमा भाग लिने बताए। उनले गण्डकी प्रदेशले एक अर्ब कोभिड खोपलाई बजेट छुट्याउँदा लुम्बिनी सरकारले बजेटमा खोपलाई उपेक्षा गरेको बताए। 

कनौडिया बोलेर सकेलगत्तै विपक्षी गठबन्धनका सांसद बैठक छोडेर बाहिरिएका थिए। विपक्षी सांसदहरु बाहिरिएपछि सभामुख पूर्णबहादुर घर्तीले सवा ३ बजेसम्मको लागि बैठक स्थगित गरेका थिए। आइतबार प्रदेशसभामा राजस्व र व्ययको अनुमान (बजेट वक्तव्य) माथि छलफल सुरु गर्ने र आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीबाट आर्थिक वर्ष २०७८–०७९ विनियोजन विधेयक सभामा पेश गर्ने कार्यसूची थियो। 

तर, विपक्षी दलहरुले दोस्रो बैठकमा पनि उपस्थित नहुने सूचना आएपछि असार ९ गतेसम्मका लागि बैठक स्थगित भएको छ। प्रदेशसभाले सूचना जारी गरी सभामुखको निर्देशानुसार असार ९ गते बुधबार दिनको १ बजे बस्ने गरी बैठक स्थगित भएको जनाएको छ।

प्रकाशित: Jun 20, 2021| 11:28 आइतबार, असार ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।