सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मोरङमा व्यापारी कुटिए, प्रहरीले जाहेरी नलिएको गुनासो

मोरङमा व्यापारी कुटिए, प्रहरीले जाहेरी नलिएको गुनासो

मोरङ कटहरीका काठ व्यापारी कुटिएका छन्। कटहरी–२ हल्दीवारीस्थित जय हनुमान भेनियर उद्योगका सञ्चालक ५० वर्षीय सञ्जयकुमार करवालाई कटहरी–३ का ६५ वर्षीय उचितलाल साह र उनका छोरा ३५ वर्षीय अजय साहले कुटपिट गरेको बताइएको छ।
 |  आइतबार, असार ६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असार ६, २०७८

विराटनगर– मोरङ कटहरीका काठ व्यापारी कुटिएका छन्। कटहरी–२ हल्दीवारीस्थित जय हनुमान भेनियर उद्योगका सञ्चालक ५० वर्षीय सञ्जयकुमार करवालाई कटहरी–३ का ६५ वर्षीय उचितलाल साह र उनका छोरा ३५ वर्षीय अजय साहले कुटपिट गरेको बताइएको छ।

कुटपिटबाट करवाको टाउकोमा चोट लागेको छ । बाबुछोराले ढुंगाले आक्रमण गरेको उनले बताए। करवाको टाउकोमा ६ टाँचा लगाइएको छ। कुटपिटको उजुरी लिएर जाँदा मोरङ प्रहरीले जाहेरी नलिएको व्यापारी करवाले गुनासो गरेका छन्। विराटनगरमा आइतबार पत्रकार सम्मेलन गर्दै करवाले प्रहरीमा जाहेरी दिँदा पनि दर्ता नगरी उल्टै मिल्न दबाब दिएको गुनासो गरे। 

प्रहरीले जाहेरी नलिँदा आक्रमण गर्नेहरू खुलेआम गाउँघरमा हिँड्ने गरेको उनले बताए।  मोरङ प्रहरीका प्रवक्ता डिएसी मानबहादुर राईले भने मोरङ प्रहरीमा अहिलेसम्म जाहेरी नआएको बताए। जाहेरी आएको खण्डमा प्रहरीले दर्ता गर्ने उनले स्पष्ट पारे।
 

प्रकाशित: Jun 20, 2021| 10:17 आइतबार, असार ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।