सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोनासँग हारेको दम्पती, जसले २३ घण्टाको बीचमा संसार छाडे

कोरोनासँग हारेको दम्पती, जसले २३ घण्टाको बीचमा संसार छाडे

भरतपुर महानगरपालिका ३ बस्ने ७१ वर्षका भैरव कायस्थको असार ५ गते बिहान पाँच बजे र उनकी पत्नी विजया रेग्मी कायस्थको असार ६ गते बिहान चार बजे निधन भएको हो। 
 |  आइतबार, असार ६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असार ६, २०७८

काठमाडौं– कोरोना भाइरसका कारण चितवनका एक दम्पतीको मृत्यु भएको छ। भरतपुरका ती दम्पतीको कोरोना संक्रमणका कारण एक दिनको फरकमा ज्यान गएको हो। भरतपुर महानगरपालिका ३ बस्ने ७१ वर्षका भैरव कायस्थको असार ५ गते बिहान पाँच बजे र उनकी पत्नी विजया रेग्मी कायस्थको असार ६ गते बिहान चार बजे निधन भएको हो। 

४५ वर्षीया विजया नेपाल तरुण दलकी जिल्ला सदस्य हुन्।  कोभिड संक्रमण भएपछि उनीहरु सुरुमा भरतपुरकै पुष्पाञ्जली अस्पतालमा गएका थिए। त्यहाँ चार दिन रहँदा अवस्था गम्भीर भएपछि चितवन मेडिकल कलेजमा भर्ना गरेर उपचार हुँदै थियो। उनीहरु दुवै जना अठार दिनदेखि मेडिकल कलेजको कोभिड आईसीयूमा थिए।  

उनीहरुको फोक्सोमा गम्भीर समस्या देखिएको चितवन मेडिकल कलेजले जनाएको छ। कलेजका अप्रेसन म्यानेजर पारस अधिकारीका अनुसार मेडिकल कलेज ल्याउँदा दुवै जनामा अक्सिजनको मात्रा निकै कम थियो। फोक्सोमा निमोनिया भएपछि दुवै जनाको निधन भएको उनले जानकारी दिए। 

प्रकाशित: Jun 20, 2021| 07:33 आइतबार, असार ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।