सोमबार, भदौ ८, २०८३

हेटौंडा आँखा अस्पताललाई १० लाख सहयोग

हेटौंडा उपमहानगरपालिकाले आँखा जाँच गर्ने मेसिन खरिदका लागि हेटौंडा सामुदायिक आँखा अस्पताललाई १० लाख रूपैयाँ सहयोग रकम हस्तान्तरण गरेको छ। 
 |  आइतबार, असार ६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असार ६, २०७८

हेटौंडा- हेटौंडा उपमहानगरपालिकाले आँखा जाँच गर्ने मेसिन खरिदका लागि हेटौंडा सामुदायिक आँखा अस्पताललाई १० लाख रूपैयाँ सहयोग रकम हस्तान्तरण गरेको छ। 

आज उपमहानगरपालिका प्रमुख हरिबहादुर महतले आँखा जाँच गर्ने मेसिन ९स्लिपल्यान्ड० खरिद गर्नका लागि रकम हस्तान्तरण गरेका हुन्। 

अस्पतालमा मेसिन अभाव हुँदा बिरामी जाँच गर्न समस्या हुँदै आएको र अस्पतालमा मेसिन अभावका कारण बिरामी बिहानदेखि लाइनमा बस्नुपर्ने बाध्यतालाई दृष्टिगत गरेर सो रकम दिइएको उपमहानगरपालिका प्रमुख महतले बताए। 

यसैगरी उपमहानगरपालिकाको उक्त सहयोग रकमले मेसिन खरिद गरी बिरामीको आँखा परीक्षणलाई प्रभावकारी र सहज हुने अस्पतालले जनाएको छ। 

अस्पतालले मकवानपुरसहित प्रदेश २ का बारा, पर्सा, रौतहतलगायत विभिन्न जिल्ला तथा भारतबाट आँखा जाँच गराउन बिरामी आउने गरेका छन्।  उपमहानगरपालिकाको वार्षिक बजेटबाट अस्पताललाई सो रकम हस्तान्तरण गरिएको हो।

प्रकाशित: Jun 20, 2021| 07:27 आइतबार, असार ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।