धनगढी- कैलालीमा टिप्परले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।
टिप्परको ठक्करबाट घाइते भएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-१०, झलारीस्थित एला आयुर्वेदका सञ्चालक रामबहादुर साउँदको मृत्यु भएको प्रहरीले जनाएको छ।
उनको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले बताए।
शनिबार बेलुका धनगढी उपमहानगरपालिका-३ बोराडाँडीमा म १ ब ९६६८ नम्बरको टिप्परले उनी सवार से १ क ६८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरी नायव उपरीक्षक विष्टले बताए।