सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • महाकालीमा पानीको बहाव यस वर्षकै उच्च, बाढीले ६ सोनाह परिवार विस्थापित

महाकालीमा पानीको बहाव यस वर्षकै उच्च, बाढीले ६ सोनाह परिवार विस्थापित

महाकाली नदीमा पानीको बहाव आज दुई लाख २३ हजार २०० क्युसेक पुगेको छ।
 |  आइतबार, असार ६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असार ६, २०७८

कञ्चनपुर- महाकाली नदीमा पानीको बहाव आज दुई लाख २३ हजार २०० क्युसेक पुगेको छ। इलाका प्रहरी कार्यालय गड्डाचौकीका अनुसार शनिबारदेखि महाकाली नदीमा पानीको बहावमा उतारचढाव आइरहेको छ। 

‘मध्यरातमा पानीको बहाव दुई लाख ६७ हजार क्युसेकसम्म पुगेको थियो’, इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव निरीक्षक जीवन गुरुङले भने, ‘यो यस वर्षकै उच्च बहाव हो।’ महाकालीमा आएको बाढीका कारण भीमदत्त नगरपालिका-१२, ऐरीघाटमा स्थानीयवासी ६ सोनाह परिवार विस्थापित भएका छन्।

‘विस्थापितलाई हामीले जनता प्राविमा आश्रय दिएर राखेका छौं’, प्रनानि गुरुङले भने, ‘स्थानीय खोला थुनिँदा छेउछाउका वस्ती जलमग्न भएका छन्।’ स्थानीय प्रशासनले तटीय क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको छ।

त्यसैगरी महाकालीमा आइरहेको बाढीले दुई दिनदेखि नदीमा निर्माणाधीन चार लेनको पक्की पुलका संरचना भत्काउन थालेको छ। तीन अर्ब ६७ करोड रूपैयाँको लागतमा निर्माणाधीन पुलको पहुँचमार्ग भत्काउनुका साथै बाढीले दोधारा चादँनीसित जोड्ने अस्थायी बाटोसमेत अवरुद्ध गराएको छ।

त्यसैगरी पुलअन्तर्गत महाकालीमा निर्माण गरिएको टापु (आइल्याण्ड)समेत बगाएको पुल निर्माण कम्पनीले जनाएको छ। कुमार–सिएसइसी जेभीका इञ्जिनियर किशोरराज पाण्डेयले पुल संरचनामा बाढीले क्षति पुग्दा करोडौं रकम बराबरको नोक्सान भएको बताए। 

उनले अहिले पनि पहुँचमार्ग, टापुलगायतका संरचनामा बाढीले क्षति पुर्‍याएको बताउँदै तत्काल निर्माणको काम प्रभावित हुने बताए। ‘अस्थायीरूपमा क्षति कम होस् भनेर तारजाली ढुंगा भरान गरिरहेको भए पनि पानीको बहाव बढिरहँदा समस्या भयो’, उनले भने, ‘यसरी क्षति हुँदा निर्माणको समयावधि धकेलिने हुन्छ।’

प्रकाशित: Jun 20, 2021| 04:07 आइतबार, असार ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।