सोमबार, भदौ ८, २०८३

चीनले पानी तर्काउन थालेपछि नेपालमा जोखिम कम

स्थानीय प्रशासनले दोलखा र आसपासका जिल्लाका नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सर्तकता अपनाउन आग्रह गरेको थियो। जिल्ला प्रशासन कार्यालय दोलखाले शुक्रबार राति सूचना जारी गर्दै चीनको टिंग्री कन्ट्रिको रोङछिया शहर र आसपासका क्षेत्रमा भारी वर्षासँगै पहिरो आउँदा नदीको प्रवाह रोकिन गएको जनाएको थियो।
 |  शनिबार, असार ५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असार ५, २०७८

दोलखा- चीनको स्वशासित क्षेत्र तिब्बतमा भारी वर्षापछि आएको पहिरोका कारण थुनिएको पानी चिनियाँले कटाउन थालेपछि नेपालको तामाकोशी नदीको तटीय क्षेत्रमा बाढीको जोखिम केही कम भएको छ। एकै पटक पोखरी बनेको नदी फुटेर नेपालको तामाकोशीसम्म क्षति पुग्ने देखिएपछि पानी तर्काउन थालिएको जनाइएको छ। दोलखाको बिगु गाउँपालिका–१ लप्चीको सिमानामा पर्ने स्थानमा यसबारे प्रहरीले स्थानीयवासीलाई जानकारी दिएको छ।

स्थानीय प्रशासनले दोलखा र आसपासका जिल्लाका नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सर्तकता अपनाउन आग्रह गरेको थियो। जिल्ला प्रशासन कार्यालय दोलखाले शनिबार राति सूचना जारी गर्दै चीनको टिंग्री कन्ट्रीको रोङछिया शहर र आसपासका क्षेत्रमा भारी वर्षासँगै पहिरो आउँदा नदीको प्रवाह रोकिन गएको जनाएको थियो।

दोलखाका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले वर्षायाममा निम्तन सक्ने सम्भावित खतराका बारेमा चीनको सम्बन्धित पक्षसँगको कुराकानीपछि उक्त सूचना जारी गरेको जनाए।

तामाकोशी नदी नेपाल–चीन सिमानाबाट उद्गम भएर बग्ने गर्दछ। बाढी आएमा दुई देशको सिमानामा रहेका बस्तीसहित दोलखाको लामाबगर, गोंगर, सिंगटी, तामाकोशी, सितली, किर्नेटार, सितली तथा रामेको मन्थली र सिन्धुलीको खुर्कोट बजारसम्म क्षति हुन सक्छ।

यही असार १ गते तामाकोशी नदीमा एक्कासी आएको बाढीका कारण माथिल्लो तामाकोशीको जलाशय काठको मुढा र लेदोले भरिएको थियो। सो मुढा र लेदोलाई पनि झिकिएको आयोजनाले जनाएको छ।

आयोजनाका बाढी आउने सूचनापछि माथिल्लो तामाकोशीको जलाशयको सतह नौ मिटर घटाइएको छ भने बालुवा थिग्रार्ने पोखरी पुरै खाली गरिएको छ। जलाशयको पानी घटाएर न्यूनतम बिन्दुमा झारिएका कारण तामाकोशी नदीमा बाढी आइहाले पनि कम्तिमा एकदेखि डेढ घण्टा बाँधले थेग्न सक्ने जनाइएको छ। -रासस

Image

प्रकाशित: Jun 19, 2021| 18:55 शनिबार, असार ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।