काठमाडौं- असार १ गते यता आएको भारी वर्षापछिको पहिरोमा परी सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा २३ जना बेपत्ता भएका छन्।
गाउँपालिकाले आज सार्वजनिक गरेको विवरणअनुसार समेसिदाङ हिमाल मुनि रहेको भेमाथाङ चौरमा गएको पहिरोमा कारण आएको बाढीबाट गाउँपालिकामा ठूलो मानवीय तथा भौतिक क्षति पुगेको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुहरि तिमल्सेनाका अनुसार बाढी पहिरोमा परी ४ महिला र १९ पुरुष बेपत्ता भएका छन्।
बेपत्ता हुनेमा वडा नम्बर १ का ६ जना, वडा नम्बर २ का ३ जना, ३ का १ जना, वडा नम्बर ६ का ४ जना र वडा नम्बर ७ का १ सहित १५ जना छन्।
यस्तै अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनामा कार्यरत चिनियाँ ३, भारतीय ३ र नेपाली २ जना गरी ८ जना हराइरहेका छन्।
गाउँपालिकाका अनुसार मानवीयसहित थुप्रै भौतिक संरचनामा क्षति पुगेको छ।
यस्तो छ, गाउँपालिकाले सार्वजनिक गरेको प्रारम्भिक विवरण



