सोमबार, भदौ ८, २०८३

कञ्चनपुरमा लागुऔषधसहित दुई युवक पक्राउ

प्रहरीले कञ्चनपुरबाट लागुऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ। 
 |  शनिबार, असार ५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असार ५, २०७८

धनगढी- प्रहरीले कञ्चनपुरबाट लागुऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ। 

प्रहरीले जिल्लाको भीमदत्त नगरपालिका–६ शिव मन्दिर नजिकबाट वडा नम्बर ६ ऐटपुर बस्ने २० वर्षीय सागर तिरुवा र सोही ठाउँका २८ वर्षीय मेहेन्द्र बोहरालाई ६.३७ ग्राम लागुऔषध खैरो हेरोइनसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले बताए। 

विशेष सूचनाको आधारमा म २ प २०३३ नम्बरको मोटरसाईकल र म २ प ५३६८ नम्बरको स्कुटी चेकजाँच गर्दा लागुऔषध खैरो हिरोइनसहित उनीहरु पक्राउ परेको थापाले बताए। उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको उनले बताए।

प्रकाशित: Jun 19, 2021| 13:53 शनिबार, असार ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।