सोमबार, भदौ ८, २०८३

सुदूरपश्चिम प्रदेशमा दैनिक संक्रमणदर घट्दै

सुदूरपश्चिममा पछिल्लो केही समययता कोभिड–१९ संक्रमण पुष्टि हुनेको संख्या घटेको छ।
 |  शनिबार, असार ५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असार ५, २०७८

धनगढी- सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुने क्रम रोकिएको छैन। सुदूरपश्चिममा कोभिड–१९ को पहिलो लहर चैत्र ३० गतेसम्म ५८ जनाको मृत्यु भएको थियो। तर, वैशाख र जेठको १० गतेसम्म सुदूरपश्चिममा कोभिड–१९ संक्रमितको मृत्यु दर उच्च थियो। जेठ १० गतेसम्म कोभिड–१९ बाट दैनिक मृत्यु हुनेको संख्या दुई अंकमा थियो। सो अवधिमा ३ सय ९६ जना कोरोना संक्रमितको मृत्यु भएको थियो। 

प्रदेशमा पछिल्लो २४ घण्टामा कैलालीका एक जनाको मृत्यु भएको छ। जेठ १० गते यता प्रदेशमा दैनिक मृत्यु एक अंकमा झरेको छ। १० गतेयता १११ जनाको मृत्यु भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ। निर्देशनालयका अनुसार सुदूरपश्चिममा कोभिड–१९ का कारण हालसम्म ५६५ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ५० वर्ष उमेर बढीको संख्या उच्च छ। 

संक्रमितको दर घट्दै

सुदूरपश्चिममा पछिल्लो केही समययता कोभिड–१९ संक्रमण पुष्टि हुनेको संख्या घटेको छ। निर्देशनालयका अनुसार प्रदेशमा जेठ २८ गतेदेखि कोरोनाका नयाँ संक्रमित थपिने संख्या घटेको हो। 

सोभन्दा अघि प्रदेशमा दैनिक कोरोनाका नयाँ संक्रमित थपिने क्रम तीन अंकमा थियो। तर, यता भने दुई अंकमा झरेको छ। २८ गतेयता दैनिक १६,४७,६२,२५,३४,३७,३५,१६ जना दरले कोरोनाका नयाँ संक्रमित थपिएका छन्। 

अस्पतालमा उपचाररतमध्ये आधा आईसीयू र भेन्टिलेटरमा

सुदूरपश्चिममा हाल १ हजार ७४३ जना कोरोनाका सक्रिय संक्रमित रहेको निर्देशनालयले जनाएको छ। सोमध्ये ६७ जना प्रदेशका विभिन्न सरकारी अस्पतालमा उपचाररत रहेका छन्। उपचाररतमध्ये ७ जनाको भेन्टिलेटर र २५ जनाको आईसीयूमा उपचार भइरहेको छ। सबैभन्दा बढी सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमितको उपचार भइरहेको छ। सेतीमा २२ जनाको उपचार भइरहेको छ। सोमध्ये २ जनाको भेन्टिलेटर र ११ जनाको आईसीयूमा उपचार भइरहेको छ। 

डडेल्धुरा अस्पतालमा ११ जनाको उपचार भइरहेको छ। सोमध्ये ३ जनाको भेन्टिलेटर र ८ जनाको आईसीयूमा उपचार भइरहेको छ। 

प्रदेशमा हालसम्म ४३ हजार १७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सोमध्ये ४१ हजार ८५ जना निको भएर घर फर्किएका छन्।

प्रकाशित: Jun 19, 2021| 13:40 शनिबार, असार ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।