सोमबार, भदौ ८, २०८३

महाकाली नदीको बाढीले १५ घर डुबानमा

महाकाली नदीमा पानीको बहाव बढ्दा भीमदत्त नगरपालिका–१२ का १५ घर डुवानमा परेका छन्। नदीमा बाँधिएको बाँधले भुजेला खोला थुनिएर  पानी गाउँ पसेको हो।
 |  शनिबार, असार ५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असार ५, २०७८

कञ्चनपुर- महाकाली नदीमा पानीको बहाव बढ्दा भीमदत्त नगरपालिका–१२ का १५ घर डुवानमा परेका छन्। नदीमा बाँधिएको बाँधले भुजेला खोला थुनिएर  पानी गाउँ पसेको हो।

सो खोलाको पानीको निकासलाई ख्याल नगरी बाँध निर्माण गरिएकाले खोला गाउँ पसेको स्थानीयबासी सुरेन्द्र मल्लले जानकारी दिए। ‘बाँध निर्माण गरेका बेला नै खोला थुनिन्छ भनेका थियौँ। त्यतिबेला कसैले सुनेनन्’, उनले भने, ‘अहिले  गाउँ नै डुवानमा पर्‍यो।’

महाकालीको प्रभाव क्षेत्रबारे राम्रो अध्ययन नगरी काम गरिएकाले डुबानको स्थिति सिर्जना भएको भीमदत्त–१२ का वडाध्यक्ष कृष्णसिंह देउपाले बताए। नदीको बाढीले निर्माणाधीन पुल नजिकको बाँधमा समेत कटान सुरु गरेको छ। अहिलेसम्म बाँधमा झण्डै १० मिटर कटान गरिसकेको छ। कटान नियन्त्रण गर्न आपतकालीन तटबन्धको काम थालिएको छ।  

तारजालिमा ढुंगा भरेर कटान रोक्ने प्रयास भइरहेको पिके निर्माण कम्पनीका इन्जिनियर किशोर पाण्डेले जानकारी दिए। भीमदत्त–१३ का वडाध्यक्ष लालबहादुर शाहीले सडक भत्किएपछि आवातजावत बन्द गरिएको जानकारी दिए।
गड्डाचौकीदेखि महाकाली नदीको पुलसम्म ६ लेनको पक्की सडक निर्माणाधीन छ।  सडक भत्किएपछि बाढी बस्तीमा आउने त्रास बढेको छ। महाकालीमा पानीको बहाव बढेपछि नदी किनारका बासिन्दालाई सतर्क रहन प्रहरीले आग्रह गरेको छ। 

नदीमा जति बेला पनि पानीको मात्रा बढेर धनजनको क्षति हुने जनाउँदै नदीमा दाउरा सङ्कलनका लागि नजान र सचेत भएर बस्न सतर्क गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए। नदीको भँगालोले खल्ला भएर ब्रह्मदेब जाने बाटो अबरुद्ध हुन पुगेको छ। बाटोसम्म पानी भरिएपछि स्थानीयको आवतजावत रोकिएको छ।

सो नदीमा पानीको बहाव बढेपछि खल्ला भएर ब्रह्मदेब आउने नदीको भँगालो बाटोसम्म पुगेको छ। भँगालो बाटोसम्म पुगेपछि आवतजावत रोकिएको रेडक्रसकर्मी करबीर चन्दले बताए। भीमदत्त ९ मा पर्ने खल्ला सहित टुँडिखेल र मुसेट्टी महाकाली नदी किनारमा छन।

तीन बस्तीमध्ये मुसेट्टी र खल्लामा महाकाली नदीको बाढी बस्तीमा पस्ने खतरा हुन्छ। यसैबीच महाकाली नदीमा पानी प्रवाह बढेपछि दोधारा चाँदनी नगरपालिकामा जोखिम बढेको छ। नगरपालिकाकाको वडा नं १० का कुतियाकवर र शान्ति टोल क्षेत्रमा बाढीको खतरा बढेको छ। नदीको प्रवाहले जोगबुडा नदी थुनिएर शान्ति टोल डुबानमा परेको छ। जोगबुडा नदी थुनिएपछि कुतियाकवरमा पनि बाढी पस्ने चिन्ता बढेको छ।

स्थानीयबासी महेश घिमिरे महाकालीले जोगबुडा थुनिँदा नदी किनारको १०÷१२ बिगाह खेतीयोग्य जमिन डुबानमा परेको जानकारी दिए। बाढीका कारण डुवानमा परेका घरको नगर प्रमुख सुरेन्द्र बिष्ट लगायतले अनुगमन समेत गरेका छन। रासस

प्रकाशित: Jun 19, 2021| 12:11 शनिबार, असार ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।