सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पहिरोले केहीबेर थुनिएको मर्स्याङ्दी खुल्यो, किनारबाट मानिसहरूलाई मुभ गराइसक्यौँ : प्रशासन

पहिरोले केहीबेर थुनिएको मर्स्याङ्दी खुल्यो, किनारबाट मानिसहरूलाई मुभ गराइसक्यौँ : प्रशासन

‘पहिरोले ३-४ मिनेटजति मर्स्याङ्दी नदी थुनिएको थियो। अहिले थुनिएको भागजति खुलिसकेको छ,’ चालिसेले भनिन्। 
 |  शनिबार, असार ५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असार ५, २०७८

मनाङ- पहिरोले केहीबेर थुनिएको मर्स्याङ्दी नदी खुलेको छ। पहिरोका कारण नेस्याङ गाउँपालिका-४ मा थुनिएको मर्स्याङ्दी खुलिसकेको मनाङकी सहायक प्रमुख जिल्ला अधिकारी शारदा चालिसेले जानकारी दिइन्। 

‘पहिरोले ३-४ मिनेटजति मर्स्याङ्दी नदी थुनिएको थियो। अहिले थुनिएको भागजति खुलिसकेको छ,’ चालिसेले भनिन्। 

एकसातायता भएको वर्षाका कारण मर्स्याङ्दी नदीमा उर्लिएको बाढी शनिबार झनै बढेको चालिसेको भनाइ छ। पहिरोले थुनिएको भाग खुलेपनि बाढी भने आइरहेको उनले जानकारी दिइन्। पहिरोले नदी थुनिएको जानकारी प्राप्त हुने बितिकै नदी किनारबाट मानिसहरूलाई मुभ गराइसकेको समेत उनको भनाइ छ। थुनिएको नदी खुलेपनि जोखिम भने कामयै रहेको उनले बताइन्। 

यसअघि पनि सदरमुकाम चामेमा मर्स्याङ्दी थुनिँदा बाढी आएको थियो। चामेको च्याट्टेखोला र घट्टेखोलामा आएको बाढीले यसअघि नै १० घर भत्काइसकेको छ भने झण्डै तीन सय जना विस्थापित भएका छन्।

यस्तै, मनाङको ताल गाउँमा ३० घर, धारापानीमा ७ घर, पिसाङमा २ घर लगायत जिल्लाभर हालसम्म ५५ घर बाढीले भत्काएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ। हालसम्म मनाङमा ८ वटा झोलुङ्गे पुल, एउटा मोटरेबल पुल, ३ वटा काठको मोटरेवल पुल बाढीले बगाएको छ।
 

प्रकाशित: Jun 19, 2021| 11:39 शनिबार, असार ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।