काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ४०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
देशभर ११ हजार ६९६ जनामा गरिएको परीक्षणमा २ हजार ४०१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ।
मन्त्रालयका अनुसार ७ हजार १० जनाको पीसीआर र ४ हजार ६८६ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको हो।
यस्तै यो अवधिमा ३ हजार ६६० जना संक्रमणमुक्त भएका छन्। पछिल्लो २४ घण्टामा कोरोनाबाट देशभर ३४ जनाको मृत्यु भएको छ।