सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आफूनिकट नेतालाई बोलाएर देउवाले भने- सच्चिन तयार छु, फेरि सभापति लड्छु, सहयोग गर्नूस्

आफूनिकट नेतालाई बोलाएर देउवाले भने- सच्चिन तयार छु, फेरि सभापति लड्छु, सहयोग गर्नूस्

छलफलमा सहभागी देउवा निकट एक केन्द्रीय सदस्यका अनुसार देउवाले पुन सभापतिमा लड्ने चाहना व्ययक्त गरेका छन्। ‘पार्टीमा मैले गर्नु पर्ने थुप्रै काम बाँकी छन्। पहिले पनि त्यति राम्ररी काम गर्न पाइएन। अबको महाधिवेशनमा पनि मैले उम्मेदवार बन्‍ने विचार गरेको छु,' ती नेताले भने। 
 |  शनिबार, असार ५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असार ५, २०७८

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर आफूनिकट नेताहरूसँग आफ्ना कमजोरी अनौपचारिक कार्यक्रममा देखाइ दिन आग्रह गरेका छन्। शनिबार बिहान आफ्नै निवासमा कांग्रेसका आफूनिकटका नेताहरूलाई बोलाएर आफू सच्चिन तयार भएकाले औपचारिक कार्यक्रममा भन्दा पनि अनौपचारिक कार्यक्रममा आफ्ना कमीकमजोरी औंल्याउन आग्रह गरेका हुन्। 

छलफलमा सहभागी देउवा निकट एक केन्द्रीय सदस्यका अनुसार देउवाले पुन सभापतिमा लड्ने चाहना व्ययक्त गरेका छन्। ‘पार्टीमा मैले गर्नु पर्ने थुप्रै काम बाँकी छन्। पहिले पनि त्यति राम्ररी काम गर्न पाइएन। अबको महाधिवेशनमा पनि मैले उम्मेदवार बन्‍ने विचार गरेको छु,' ती नेताले भने। 

छलफलमा राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरी कांग्रेसमा सहमहामन्त्री बनेका सुनील थापा पनि सहभागी थिए। यस्तै ज्ञानेन्द्रबहादुर कार्की, मीन विश्वकर्मा, भीष्मराज आङ्दम्बे, सीता गुरुङ, रामकृष्ण भट्टराई, बाबुराम बस्‍नेत, डिला संग्रौलालगायत पनि छलफलमा सहभागी थिए। 

शुक्रबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले आगामी भदौ १६ देखि १९ गतेसम्म पार्टीको १४औं महाधिवेशन गर्ने कार्यतालिका पारित गरेको छ। 
 

प्रकाशित: Jun 19, 2021| 10:53 शनिबार, असार ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।