सोमबार, भदौ ८, २०८३

बझाङमा पहिरोमा पुरिएर एक जनाको मृत्यु, एक बेपत्ता

बझाङमा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ। भीरबाट लडेर एक जना बेपत्ता भएका छन्।
 |  शनिबार, असार ५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असार ५, २०७८

धनगढी- बझाङमा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ। भीरबाट लडेर एक जना बेपत्ता भएका छन्।

तलकोट गाउँपालिका–६, रजाडामा पहिरोमा पुरिएर ६० वर्षीया सुना दमाईको मृत्यु भएको हो। धारामा पानी भर्ने क्रममा पहिरो खसेपछि पुरिएर उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपरीक्षक रुपक खड्काले बताए।

प्रहरी नायव उपरीक्षक खड्काका अनुसार बझाङको दुर्गाथली गाउँपालिकाका–३ का ४० वर्षीय मीनबहादुर धामी धउलावन भीरबाट लडेर बेपत्ता भएका छन्।

असार ३ गते बेलुका जेठाबुबा रामबहादुर धामीको मलामीबाट घर फर्कने क्रममा भीरबाट लडेका थिए। उनलाई अहिलेसम्म फेला पार्न नसकिएको खड्काले बताए। 

नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोलीले उनलाई खोजिरहेको भए पनि अफ्ठ्यारो भीरका कारण समस्या भएको उनको भनाइ छ।

प्रकाशित: Jun 19, 2021| 05:05 शनिबार, असार ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।