सोमबार, भदौ ८, २०८३

गोरखामा असार १२ गतेसम्म निषेध आदेश थप

जिल्लामा असार १२ गतेसम्मका लागि निषेध आदेश थप गरिएको छ।
 |  शुक्रबार, असार ४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ४, २०७८

गोरखा- जिल्लामा असार १२ गतेसम्मका लागि निषेध आदेश थप गरिएको छ।

जिल्लास्तरीय कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डिसिएमसी) को आज (शुक्रबार) बसेको बैठकले भोलि राति १२ बजेदेखि थप हुने गरी पुनः सात दिन निषेध आदेश थप गरेको हो। जिल्लामा गत वैशाख २२ गतेदेखि लागू गरिएको निषेध आदेश पटक–पटक गरी यो पाँचौँ पटक थप गरिएको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले जानकारी दिए। चौथो पटक थपिएको निषेध आदेशको अवधि आज राति १२ बजे सकिँदैछ।

जिल्लाभित्र कोरोना संक्रमण रोकथाम, न्यूनीकरण र व्यवस्थापनका लागि निषेध आदेश थप गर्ने निर्णय भएको उनले बताए। बैठकले निषेध आदेशको अवधिमा दैनिक उपभोग्य वस्तु, खाद्यान्य, तरकारी, दूध तथा माछा, मासु, कृषिजन्य बीउबिजन, मल, पशुपक्षीको दाना बिक्री गर्ने पसल र वर्कसप भने अबदेखि बिहान ५ बजेदेखि बिहान ११ बजेसम्म मात्र सञ्चालन गर्न पाउने निर्णय गरेको छ। यसअघि ९ बजेसम्म मात्र त्यस्ता पसल सञ्चालन गर्न दिइएको थियो। 

त्यस्तै पाठ्यपुस्तक तथा स्टेशनरी पसल जनस्वास्थ्य मापदण्डको अनिवार्य पालना गरी बिहान ५ बजेदेखि दिउँसो १ बजेसम्म खोल्ने दिइने प्रशासनले जनाएको छ। सामुदायिक विद्यालयका हकमा भने पुस्तक व्यवसायीले विद्यालयसम्म पुस्तक पुर्‍याइदिने र विद्यालयले आलोपालो गरी  विद्यार्थीहरुलाई पुस्तक वितरण गर्ने व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए।

जिल्लाभित्रका उद्योग तथा सार्वजनिक निर्माण कार्यमा सलंग्न कर्मचारी तथा श्रमिकलाई उद्योग निर्माणस्थल नजिकै खाना र बासको व्यवस्था गरी कार्य सञ्चालन गर्न पाउने निर्णय गरिएको उनले बताए। त्यस्तै खानेपानी, सुरक्षा, स्वास्थ्य, सञ्चार, औषधि तथा औषधिजन्य उत्पादन र विक्री वितरणलगायत अत्यावश्यकबाहेकका सेवा सवै बन्द गर्ने निर्णय पनि आजको बैठकले निर्णय गरेको उनले जानकारी दिए।

सञ्चारकर्मीका हकमा सूचना विभागले जारी गरेको प्रेसपास र सञ्चारगृहले जारी गरेको परिचयपत्रका आधारमा आवातजावत गर्न सकिने निर्णय गरिएको छ। बैठकले बैंक तथा सहकारीबाहेक वित्तीय संस्था लघुवबित्त, बीमा कम्पनीको सेवा प्रवाह बन्द गर्ने निर्णय गरेको छ।

त्यस्तै सहकारी संस्थाको हकमा कार्यालय भित्रैबाट सञ्चालन हुने बाहेकका सेवा बन्द गर्ने तथा बैंकभित्र समेत दुई मिटरको भौतिक दूरी अनिवार्य कायम गर्नुपर्ने निर्णय बैठकले गरेको छ। रासस

प्रकाशित: Jun 18, 2021| 15:12 शुक्रबार, असार ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।