सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • एमालेका ओली र नेपाल पक्ष 'निरन्तर' छलफलमा, के हुँदैछ प्रगति?

एमालेका ओली र नेपाल पक्ष 'निरन्तर' छलफलमा, के हुँदैछ प्रगति?

प्रधानमन्त्री केपी शर्मा ओलीका 'अतिनिकट' मानिने पूर्वसभामुख सुवास नेम्बाङले नै ओली पक्षको नेतृत्व गरी छलफल गरेका छन्। नेम्वाङले पार्टी एकताका लागि आफूहरू अधिकतम लचक बन्न तयार गरेको दाबी गरेका छन्। 
 |  शुक्रबार, असार ४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ४, २०७८

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (एमाले)का दुई पक्षबीच शुक्रबार पनि छलफल भएको छ। पार्टीको एकता बचाउने प्रयासमा लागेका दुवै पक्षका नेताहरू सहभागी भएको बैठक बिहीबार र शुक्रबार चलेको हो। 

प्रधानमन्त्री केपी शर्मा ओलीका 'अतिनिकट' मानिने पूर्वसभामुख सुवास नेम्बाङले नै ओली पक्षको नेतृत्व गरी छलफल गरेका छन्। नेम्वाङले पार्टी एकताका लागि आफूहरू अधिकतम लचक बन्न तयार गरेको दाबी गरेका छन्। 

'बिहीबार पनि दुवै पक्षका कमरेडहरूबीच छलफल भयो। हामी निरन्तर छलफलमा नै छौँ। मुख्यतया पार्टी एकतालाई निष्कर्षमा पुर्‍याउने संकल्पका साथ छलफलमा लागेका छौँ,' नेम्वाङले भने। 

बिहीबार र शुक्रबारका दुवै छलफलमा सहभागी नेपाल पक्षका एक नेताले भने छलफल निरन्तर भइरहे पनि कुनै उल्लेख्य प्रगति नभएको बताएका छन्। 'खासै प्रगति भएको छैन। छलफल भएको छ। ठोस प्रगति छैन,' नेता नेपाल निकट ती नेताले भने। पार्टी एकताका लागि आफूहरूले यसअघि नै राखेका प्रस्तावहरू राखेको तर ओली पक्षले सकारात्मक धारणा राखेको नपाएको ती नेताको भनाइ छ। 

शुक्रबार राजधानीको एक होटलमा दुवै पक्षका नेताहरू छलफलका लागि बसेका थिए। छलफलमा ओली पक्षबाट सुवास नेम्वाङ र अर्थमन्त्री विष्णु पौडेल सहभागी थिए भने नेता नेपालका तर्फबाट सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट सहभागी भएको बताइएको छ। 

पछिल्लो समय माधवकुमार नेपाललाई छुट्टै दल बनाएर अघि बढ्नुपर्ने र एमाले एकता कायम हुनुपर्ने छुट्टाछुट्टै प्रकृतिका सुझाव उनकै पक्षबाट आइरहेका छन्। यसकारण उनी दबाबामा छन् भने ओलीले पनि आफू लचक हुने बताउँदै आएका छन्। 

प्रकाशित: Jun 18, 2021| 14:37 शुक्रबार, असार ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।