सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गौरीफन्टा नाका व्यवस्थित गर्न सुदूरपश्चिम सरकारको सक्रियता

गौरीफन्टा नाका व्यवस्थित गर्न सुदूरपश्चिम सरकारको सक्रियता

भारतका विभिन्न राज्यबाट सुदूरपश्चिम प्रदेश प्रवेश गर्ने प्रमुख गौरीफन्टा नाका व्यवस्थित बनाइने भएको छ। 
 |  शुक्रबार, असार ४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ४, २०७८

धनगढी- भारतका विभिन्न राज्यबाट सुदूरपश्चिम प्रदेश प्रवेश गर्ने प्रमुख गौरीफन्टा नाका व्यवस्थित बनाइने भएको छ। 

स्थानीय तह र प्रदेश सरकार मिलेर नाकालाई व्यवस्थित बनाउन लागेका हुन्। प्रदेश सरकारले स्थानीय तहसँग मिलेर नाकालाई व्यवस्थित बनाउने सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीले बताइन्। 

कोभिड–१९ को अर्को लहर आउनसक्ने सम्भावना भएकाले पूर्वसतर्कताका निम्ति स्थानीय तहसँग मिलेर प्रदेश सरकारले यात्रु, सुरक्षाकर्मीलगायतको व्यवस्थापन तथा सबै प्रकारका गतिविधि नियन्त्रणका लागि सीमानाका व्यवस्थापन गरिने मन्त्री जोशीले बताइन्।

‘सीमा नाकाको अवस्था भताभुङ्ग छ मन्त्री जोशीले भनिन्, ‘यो सुदूरपश्चिम प्रवेश गर्ने प्रमुख नाका भएकाले तत्काल काम अगाडि बढानुपर्ने छ, यसका लागि हामी दैनिक रुपमा खटिइरहेका छौँ।’
‘धनगढी उप–महानगरपालिका र पुनर्वास नगरपालिकाका प्रमुखले प्रतिबद्धता जनाइसक्नुभएको छ’, मन्त्री जोशीले भनिन्, ‘भोलिबाटै बिग्रिएका, भत्किएका, टुटेका संरचना हटाएर यहाँ आउने यात्रु, सुरक्षाकर्मी, हेल्थ डेस्कमा काम गर्ने कर्मचारीलाई सहज हुने गरेर काम बढाउछौं।’

शुक्रबार भौतिक पूर्वाधार मन्त्री दीर्घ सोडारी, सामाजिक विकास मन्त्री लालबहादुर खड्का, धनगढी उप–महानगरपालिकाका नगर प्रमुख नृपबहादुर वड, पुनर्वास नगरपालिकाका नगर प्रमुख जीवन थापा, कैलाली कञ्चनपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखलगायतले सीमानाकाको संयुक्त अनुगमन गरेका छन्। 
सीमानाका कञ्चनपुरको बेलौरी नगरपालिकामा पर्ने भए पनि गौरीफन्टा नाका भएर भित्रिएकाहरु धनगढी उप–महानगरपालिका हुँदै सुदूरपश्चिमका सबै जिल्ला जाने गरेका छन्।

कोरोनाको दोस्रो लहर सुरु भएसँगै भारतको विभिन्न राज्यबाट गौरीफन्टा नाका हुँदै ठूलो संख्यामा सुदूरपश्चिम प्रवेश गरेका थिए। पछिल्लो समययता भने नाका भएर भित्रिनेभन्दा बाहिरनेको संख्या उल्लेख्य रहेको छ।

प्रकाशित: Jun 18, 2021| 14:17 शुक्रबार, असार ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।