सोमबार, भदौ ८, २०८३

मठ-मन्दिरका पूजारीलाई राहत वितरण

पर्साका विभिन्न मठमन्दिरका पूजारीहरुलाई विश्व हिन्दु परिषद् नेपालले राहत वितरण गरेको छ।
 |  शुक्रबार, असार ४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ४, २०७८

पर्सा- पर्साका विभिन्न मठमन्दिरका पूजारीहरुलाई विश्व हिन्दु परिषद् नेपालले राहत वितरण गरेको छ।

निषेध आदेशका कारण मठ-मन्दिर बन्द हुँदा पूजारीहरुलाई दैनिकी चलाउन अप्ठेरो भएको भन्दै राहत वितरण गरिएको हो। सरकारले राहत उपलब्ध नगराएपछि अहिले उनीहरुले विभिन्न सहयोगी दाताले उपलब्ध गराएको राहतले जिविकोपार्जन गर्दै आएका छन्।

शुक्रबार विश्व हिन्दु परिषद्ले उपलब्ध गराएको राहतले पूजारीहरुमा थप मद्दत पुगेको छ। विभिन्न ठाउँका पुजारीहरुलाई चामल, दाल, नुन, खानेतेल, आलु, प्याजलगायतको आवश्यक खाद्यन्न समाग्री उपलब्ध गराइएको परिषद्का महासचिव जितेन्द्र कुमार सिंहले बताए। परिषद्ले राहतको आवश्यकता रहेका देशभरिकै ससाना मठमन्दिरमा आवश्यक खाद्य सामग्री तथा स्वास्थ्य सामग्री उपलब्ध गराउँदै आएको उनले बताए। 

विश्व हिन्दु परिषद्ले असहायलाई भोजन व्यवस्था, मेडिकल शिविर, जाडोयाममा न्यानो कपडा वितरण, निःशुल्क योग प्रशिक्षण, आयुर्वेद औषधालय सञ्चालन, युवा लक्षिक स्वरोजकारमूलक प्रशिक्षण सञ्चालनलगायतको काम गर्दै आएको उनको भनाइ छ।

प्रकाशित: Jun 18, 2021| 13:22 शुक्रबार, असार ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।