सोमबार, भदौ ८, २०८३

कांग्रेस महाधिवेशनकाे संशाेधित कार्यतालिका पारित

यस्तै, एक मात्र प्रतिनिधिसभा रहेको जिल्लाको क्षेत्रीय अधिवेशन २३ गते, दुई वा दुईभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाको साउन २६ गते र प्रदेश अधिवेशन भदौ १ र २ गते गर्नुपर्ने भएको छ। 
 |  शुक्रबार, असार ४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ४, २०७८

काठमाडौं- नेपाली कांग्रेसको संशोधित कार्यतालिका पारित भएको छ। शुक्रबार बसेको केन्द्रीय समितिको बैठकले आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा पार्टीको महाधिवेशन गर्ने प्रस्ताव पारित गरेको कांग्रेसका सहमहामन्त्री डा प्रकाश शरण महतले जानकारी दिए।

'भदौ १६ देखि १९ सम्म काठमाडौंमा महाधिवेशन गर्ने प्रस्ताव पारित भएको छ,' डा महतले भने, 'संशोधित कार्यतालिका अनुसार साउन १२ गते वडा, साउन १६ गते गाउँ/नगर र साउन २० गते प्रदेश क्षेत्रीय अधिवेशन गर्नुपर्ने भएको छ।'

यस्तै, एक मात्र प्रतिनिधिसभा रहेको जिल्लाको क्षेत्रीय अधिवेशन २३ गते, दुई वा दुईभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाको साउन २६ गते र प्रदेश अधिवेशन भदौ १ र २ गते गर्नुपर्ने भएको छ। 

यसअघि असार ५ मा वडा, ७ मा गाउँ/नगर, साउन १ मा प्रदेशसभा क्षेत्रीय, साउन ३ मा प्रतिनिधिसभा क्षेत्रीय र एक मात्र प्रतिनिधिसभा क्षेत्र भएका जिल्ला र साउन ६ मा एकभन्दा बढी प्रतिनिधिसभा क्षेत्र भएका जिल्लाको अधिवेशन गर्ने निर्वाचन कार्यतालिका थियो। महाधिवेशन भने भदाै ७ देखि सुरु गर्ने कार्यतालिका थियाे।

बैठकले महाधिवेशनका लागि असार मसान्तभित्र क्रियाशील सदस्यताको विषय टुङ्गो लगाउन क्रियाशील सदस्यता छानबिन समितिलाई निर्देशनसमेत दिएको छ। बैठकले लोकतन्त्र र संविधान पक्षधर अन्य शक्तिलाई पनि आफू नेतृत्वको गठबन्धनमा सहभागी गराउने निर्णय गरेको छ।

प्रकाशित: Jun 18, 2021| 12:59 शुक्रबार, असार ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।