सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विद्यार्थीलाई परिचयपत्रको आधारमा राहत दिन नेता महरको माग

विद्यार्थीलाई परिचयपत्रको आधारमा राहत दिन नेता महरको माग

नेपाली कांग्रेसका नेता एवं नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय अध्यक्ष नैनसिंह महरले सबै विद्यार्थीहरूलाई परिचयपत्रको आधारमा राहत दिन सरकारसँग माग गरेका छन्।
 |  शुक्रबार, असार ४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ४, २०७८

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय अध्यक्ष नैनसिंह महरले सबै विद्यार्थीहरूलाई परिचयपत्रको आधारमा राहत दिन सरकारसँग माग गरेका छन्।

उनले विद्यार्थीलाई परिचयपत्रको आधारमा निःशुल्क खाद्यान्न, इन्टरनेट र घर जान छुटको व्यवस्था गर्न पनि सरकारलाई आग्रह गरे। नेपाल विद्यार्थी संघ शंकरदेव क्याम्पसले आयोजना गरेको विद्यार्थीका लागि राहत वितरण कार्यक्रममा राहत वितरण गर्दै नेपाली कांग्रेस कोभिड अनुगमन समितिका सदस्यसमते रहेका नेता महरले यस्तो आग्रह गरेका हुन्। 

लामो समयदेखिको कोरोना महामारीका कारण देशभरका ८५ लाखभन्दा बढी विद्यार्थीहरुको पढाईसँगै गाँस बासमा ठूलो समस्या परेको र भारी बर्षाका कारणले समेत ठूलो जनधनको क्षति भएर जनजीवन बिचल्लित भएको भन्दै उनले यसबाट विद्यार्थीहरु सबैभन्दा बढी प्रभावित भएको बताए। 

वर्तमान कम्युनिस्ट सरकार यति ठूलो महामारी बाढी पहिरोले जनताले ज्यान गुमाइरहेको बेला पनि सत्ता जोगाउन मात्रै लागिरहेको र आवश्यक राहत र पुनःस्थापनामा नलागेको नेता महरको भनाइ छ। सरकार जनपक्षीय कुरामा गम्भीर नबनेर मानवता विरोधी कार्यमा लागेको उनले आरोप लगाए।

नेविसंघ शंकरदेव क्याम्पसका अध्यक्ष विवेक लामालगायतका नेताहरुको विशेष सक्रियतामा राजनधानीमा रहेका ५५५ जनालाई खाद्यान्न वितरण गरिएको छ।

प्रकाशित: Jun 18, 2021| 12:25 शुक्रबार, असार ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।