सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राष्ट्रपतिद्वारा गृहमन्त्रीसहित सुरक्षा निकायका प्रमुखसँग छलफल

राष्ट्रपतिद्वारा गृहमन्त्रीसहित सुरक्षा निकायका प्रमुखसँग छलफल

राष्ट्रपति विद्यादेवी भण्डारीले गृहमन्त्रीसहित सबै सुरक्षा निकायका प्रमुखलाई बोलाएर पछिल्लो राजनीतिक घटनाक्रमबारे चासो राखेकी छन्।
 |  शुक्रबार, असार ४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ४, २०७८

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले गृहमन्त्रीसहित सबै सुरक्षा निकायका प्रमुखलाई बोलाएर पछिल्लो राजनीतिक घटनाक्रमबारे चासो राखेकी छन्।

बर्खायाम सुरु भएसँगै बढ्दै गएको बाढी पहिरोजन्य प्राकृतिक प्रकोपका विषयमा छलफल गर्न भन्दै बोलाएको बैठकमा राष्ट्रपतिले मुलुकको पछिल्लो राजनीतिक अवस्था र सरकारले आगामी मंसिरका लागि घोषणा गरेको चुनावबारे चासो राखेकी हुन्।

बैठकमा गृहमन्त्री खगराज अधिकारी, गृह सचिव महेश्वर न्यौपानेसहित चारवटै  सुरक्षा निकायका प्रमुखहरु नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा, नेपाल प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेशप्रसाद अधिकारी सहभागी भएका थिए।

बैठक शीतल निवासमा दिउँसो सवा चार बजेदेखि साँझ साढे पाँच बजेसम्म चलेको थियो।

विपदका बारेमा छलफल गर्न बोलाइएको भनिए पनि बैठकमा सरकारले घोषणा गरेको निर्वाचनलगायत मुलुकको राजनीति घटनाक्रमका बारेमा धेरै छलफल भएको बताइएको छ। प्राकृतिक विपदका विषयमा पनि सामान्य छलफल भएको स्रोतको भनाइ छ।

प्रकाशित: Jun 18, 2021| 12:13 शुक्रबार, असार ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।