धनगढी- प्रहरीले कञ्चपुरको दक्षिण क्षेत्रबाट बेवारिसे अवस्थाको दुई ट्रली केराउ बरामद गरेको छ।
कञ्चनपुरको बेलौरी नगरपालिका–२ स्थित भारतीय सीमा क्षेत्रबाट दुई ट्रलीमा लोड गरेको ६६० बोरा केराउ बरामद गरेको हो।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले सुदूरपश्चिम प्रदेश प्रहरी अनुसन्धान समूह र मातहतको प्रहरी टोलीले से १ त ५४६५ र सु प प्र ०१–००२ त ४७०९ नम्बरको ट्रैक्टरमा जडान गरिएको दुईवटा ट्रलीमा राखिएको २५ लाख ९० हजार बराबरको मटर बरामद भएको बताए।
बेवारिसे अवस्थामा फेला परेको ट्र्याक्टर, ट्रली र मटर त्रिनगर भन्सार कार्यालय कैलालीलाई बुझाएको उनले बताए।