सोमबार, भदौ ८, २०८३

मेलम्चीका बाढीपीडितलाई आयल निगमको खाद्यान्न सहयोग

नेपाल आयल निगमले मेलम्चीका बाढीपीडितलाई खाद्यान्न सहयोग गरेको छ। जिल्ला विपद् व्यवस्थापन समितिसँगको समन्वयमा निगमले बाढीपीडित मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकाका बासिन्दालाई सहयोग गरेको हो। 
 |  शुक्रबार, असार ४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ४, २०७८

काठमाडौं– नेपाल आयल निगमले मेलम्चीका बाढीपीडितलाई खाद्यान्न सहयोग गरेको छ। जिल्ला विपद् व्यवस्थापन समितिसँगको समन्वयमा निगमले बाढीपीडित मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकाका बासिन्दालाई सहयोग गरेको हो। 

उद्योग वाणिज्य तथा आपूर्ति सचिव दिनेशकुमार भट्टराईले जिल्ला विपद व्यवस्थापन समितिसँगको समन्वयमा बाढी पीडितलाई एक एक थान खान पकाउने ग्यास सिलिण्डर र खाद्यान्न हस्तान्तरण गरेका हुन्। मन्त्रालयका प्रवक्ता नारायणप्रसाद रेग्मीले जिल्ला विपद व्यवस्थापन समितिको समन्वयमा निगमले ग्यास र खाद्यान्न हस्तान्तरण गरिएको जानकारी दिए।

निगमले बाढी पीडितलाई एक एक थान ग्यास सिलिण्डर गरी २५० थान सिलिण्डर वितरण गरिएको जानकारी दिएको छ। जिल्ला व्यवस्थापन समितिको अनुरोधमा ३० थान ग्यास चुलो, केही विस्कुट लगायतका खाद्यान्न सहयोग गरिएको जानकारी दिएको छ। निगम प्रवक्ता विनितमणि उपाध्यायले शुक्रबार जारी गरेको विज्ञप्तिमा ‘प्रकोप पिडितलाई एक एक थान ग्यास सिलिण्डर, समितिको अनुरोधमा ३० वटा ग्यास चुलो र केही खाद्यान्न हस्तान्तरण गरिएको’ उल्लेख गरिएको छ।

यही १ असारमा आएको बाढीका कारण सिन्धुपाल्चोकस्थित मेलम्ची र हेलम्बु क्षेत्रका बासिन्दा पीडित बनेका छन्। बाढीले मेलम्ची र इन्द्रावती आसपासका क्षेत्रमा ठूलो जनधनको क्षति गरेको छ।
 

प्रकाशित: Jun 18, 2021| 10:09 शुक्रबार, असार ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।